६ श्रावण २०८३, बुधबार | July 22, 2026

पाल्पाको तिनाउ गाउँपालिका बालमैत्री स्थानीय शासनयुक्त घोषणाको तयारीमा



बुटवल । पाल्पाको तिनाउ गाउँपालिकामा बालमैत्री स्थानीय शासनयुक्त घोषणा तथा दिगोपनाका लागि शुक्रबार प्रतिवद्धतापत्रमा हस्तारक्षर गरिएको छ । गाउँपालिकामा रहेका विभिन्न १८ वटा विषयगत क्षेत्र अन्तरगत पर्ने सामाजिक संघ–संस्था तथा सरोकारवालाहरुको प्रतिनिधि बीचको अन्तरक्रियापछि प्रतिवद्धतापत्रमा हस्ताक्षर गरिएको हो ।

बालमैत्री स्थानीय शासन अवलम्बन र घोषणाको प्रक्रियामा आ–आफ्नो क्षेत्रबाट पूर्ण जिम्मेवारी निर्वाह गर्दै तिनाउलाई बालमैत्री घोषणा गर्ने सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् । बालमैत्री पालिका निर्माणका आवश्यक सूचक पूरा गर्न टोल–समुदाय, विद्यालय, स्वास्थ्य संस्था, वडा तथा पालिका तहमा विभिन्न कार्यक्रमहरु भैरहको तिनाउका प्रमुख प्रशासकीय अधिकृत लेखबहादुर बस्नेतले जानकारी दिए ।

विभिन्न चरणमा भएका अभिमुखीकरण कार्यक्रम पश्चात जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, टोल विकास संस्था, विभिन्न संघ–संस्था, सेवाप्रदायक कार्यालय, बाल क्लवका प्रतिनिधि, सञ्चारकर्मी लगायत सरोकारवालाहरुले घोषणाको प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन् । सहभागीहरुले बालअधिकार सुनिश्चितताको लागि बालबालिकालाई केन्द्रमा राखी कार्य गर्ने सहमति जनाएका छन् ।

बालमैत्री स्थानीय शासन निर्माणको लागि बनाइएको कार्ययोजनामा तोकिएका सूचक तथा मापदण्ड पूरा गर्न विद्यालय, समुदाय, वडा, नगर तहबाट गरिने कार्यविवरण उल्लेख छ । बालमैत्री स्थानीय शासनस बालअधिकार सम्बन्धी समग्र पक्ष अर्थात् बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताको प्रवर्द्धन गरी नेपालको संविधानबमोजिम स्थानीय तहमा सुशासन अभिवृद्धि गर्न ल्याइएको अवधारणा हो ।

यो अवधारणाले बाल बचाउ, बाल संरक्षण, बाल विकास र अर्थपूर्ण बाल सहभागिता जस्ता बालअधिकारका सवाललाई स्थानीय तहको नीति, योजना, संरचना, प्रणाली र कार्य प्रक्रियामा संस्थागत गर्ने शासकीय पद्दतीलाई जनाउँछ । ‘बालमैत्री स्थानीय तह’ भन्नाले अर्थपूर्ण बाल सहभागितालाई सुनिश्चित गर्दै बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा आधारित भै स्थानीय तह आफैले आवधिक र वार्षिक योजना तथा बजेट तर्जुमा गरी निर्धारण गरेका न्यूनतम् सूचकहरू सुनिश्चित गरिएको गाउँपालिका वा नगरपालिकालाई जनाउने बालमैत्री राष्ट्रिय अभियानका सहजकर्ता विष्णुप्रसाद चौवेले बताए।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ९ : २९ बजे

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा