२० मंसिर २०८२, शनिबार | December 6, 2025

नयाँ गठबन्धनमा सरकार बनेसँगै जनतामा आशा पलाएको छ : महेश बस्नेत



भक्तपुर । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान एमाले–कांग्रेसको गठबन्धनमा सरकार बनेसँगै जनतामा आशा र भरोसा पलाएको बताएका छन् ।
भक्तपुरमा आइतबार विकास संरक्षण तथा प्रवद्र्धन अभियानको शुभारम्भ गर्दै बस्नेतले जनताको आशाको दियोलाई वर्तमान सरकारले निभ्न दिन नहुने बताए। एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेसँगै उद्योगी, शेयर बजार, बैंक, वित्तीय संस्था तथा अन्य व्यापार व्यवसायी उत्साही रहेको भन्दै उनले अब देशको अर्थतन्त्र सुधार हुनेमा विश्वास रहेको जिकिर गरे ।
एमाले भक्तपुर इञ्चार्जसमेत रहनुभएका नेता बस्नेतले धरासायी बन्दै गएको देशको अर्थतन्त्रलाई वर्तमान सरकारले माथि उकास्ने बताउँदै नेपाल विद्युत् प्राधिकरणले विद्युत्को लाइन काटिदिएका कारण उद्योगी पलायन हुनुपर्ने अवस्था बनेको आरोप लगाए । उनले उद्योगी पलायन हुने अवस्थालाई रोक्न प्रधानमन्त्रीले प्राधिकरणको निर्णयलाई उल्ट्याउँदै उद्योगीलाई उद्योग सञ्चालन गर्ने वातावरण बनाएको दाबी गरे ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ११ : ४६ बजे

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास

रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी

काठमा । नेपाल प्रिमियर लिग ९एनपिएल०को आजको खेलमा पोखरा एभेन्जर्सले