२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

अग्रमगनका लागि संविधान संशोधन : प्रधानमन्त्री ओली



काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका लागि लडेर आएका नेपाली कांग्रेस र एमालेसहितको वर्तमान सत्ता समीकरणले अग्रमगनका लागि संविधान संशोधन गराउने बताएका छन् ।

नेकपा (एमाले)मा हालै मनोनीत उपाध्यक्ष र केन्द्रीय सदस्यहरुको सपथ ग्रहणका लागि आज पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधान संशोधन गरेर प्रतिगमन ल्याउन खोजेको भन्ने भ्रम फैलाउने कोसिस भएको जनाउँदै मुलुक र जनताको आवश्यकताबमोजिम संविधान संशोधनीय दस्तावेज भएको बताएका हुन् ।

“लोकतन्त्रलाई सुदृढ बनाउन, संविधानप्रतिको ग्राह्यता र स्वीकार्यता बढाउन, विकास र समृद्धिका थप आधार पहिल्याउन र जनतासँग एकाकार हुन संविधान संशोधन गर्ने हो ।’’, प्रधानमन्त्री ओलीले भने, “संविधान कुनै धार्मिक ग्रन्थजस्तो असंशोधनीय विषय होइन । हामीले कुलै लहडका भरमा संविधान संशोधनको कुरा गरेका होइनौँ । मानवकेन्द्रित मुद्धालाई ध्यानमा राखेर हामी संविधान संशोधनको सोचमा छौँ ।’’

प्रधानमन्त्री ओलीले राजनीति स्वच्छ प्रतिस्पर्धाका आधारमा जनतका लागि हुनुुपर्ने र एमालेका नेता कार्यकर्ताले जनताप्रति नरम र जवाफदेही भएर काम गर्नुपर्नेमा जोड दिए । उनले वैचारिक र साङ्गठनिकरुपमा मुलुकको नेतृत्व गर्ने हकदार पार्टी पनि एमाले नै भएको स्पष्ट गरे ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ३ : ३७ बजे

बुटवलबाट काठमाडौं जाँदै गरेको बसबाट भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद

बुटवल । प्रहरीले भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद

रास्वपाका विपिन आचार्यको माग – शून्य समयलाई सरकारले सुन्दैन भने ब्ल्याक होल समय भनौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य

सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन हर्क साम्पाङको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता