६ पुस २०८२, आइतबार | December 21, 2025

काभा वुमन्स नेसन्स भलिबलमा आज नेपालको सामना माल्दिभ्ससँग



काठमाडौं । नेपालले काठमाडौँमा जारी काभा वुमन्स नेसन्स भलिबल लिग अन्तर्गत आज माल्दिभ्ससँग खेल्दै छ । नेपाल र माल्दिभ्सबीचको दोस्रो खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ ।

आजको खेलपछि लिगचरणका खेलहरु सकिनेछन् र सेमिफाइनल समीकरण तय हुनेछ । पाँच राष्ट्र सहभागी प्रतियोगितामा इरान, भारत, नेपाल र श्रीलंकाले सेमिफाइनलमा स्थान बनाइसकेका छन् । माल्दिभ्स भने एक खेलअघि नै अन्तिम हुने निश्चित भएपछि लिगबाटै बाहिरिएको छ ।

नेपालले जारी प्रतियोगितामा यस अघि खेलेका ३ खेलमा २ जित र एक हारसहित ६ अंक हासिल गरेको छ । माल्दिभ्सले भने यस अघि खेलेका तिनै खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिइसकेको छ ।

नेपाल भलिबल संघका अनुसार भारत र श्रीलंकाबीचको पहिलो खेल दिउँसो १ बजे सुरु हुनेछ । दुवै खेल त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुनेछ ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ९ : ४८ बजे

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको

मिराज ढुङ्गाना समूहद्वारा भोलिदेखि देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन

नेप्से परिसूचकमा १९ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट