२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

बाँके लगायतका जिल्लामा भारी वर्षाको पूर्वानूमान गरिएपछि प्रशासनबाट ‘हाई अलर्ट’को सूचना जारी



नेपालगन्ज । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानूमान महाशाखाले भोलिदेखि मनसुन पुनः सक्रिय हुँदै जाने र बाँके लगायतका स्थानमा भारी वर्ष हुने पूर्वानुमान गरेसँगै बाँकेमा सावधानी अपनाउन र सतर्क रहन सूचना जारी गरिएको छ । वर्षाको उच्च जोखिममा लुम्बिनी प्रदेशमा कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्युठान, अर्घाखाँची रहेको पूर्वानुमान सार्वजनिक भएसँगै बाँके प्रशासनले जिल्लामा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन सबै निकायलाई सूचना गरेको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेले मनसून न्यून चापीय रेखा साउन २३ गतेसम्म नेपालमा मनसून सक्रिय हुने र बाँके जिल्ला लगायतका क्षेत्रहरू खतराको वर्गमा परेको देखिएको भन्दै जिल्ला स्थित सबै स्थानीय तहहरु, जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र, स्थानीय आपतकालीन कार्य संचालन केन्द्र र अन्य सरोकारवाला तथा सम्वद्ध सबै सरकारी/गैरसरकारी कार्यालय र संघसंस्थाहरुलाई सतर्क रही तयारी अवस्थामा रहन आग्रह गरेको छ । प्रशासनले राप्ती, डुडुवा लगायत नदी तटीय क्षेत्रका साथै बाढी तथा डुवानको दृष्टिकोणले संवेदनशील अन्य क्षेत्रमा बसोवास गर्ने सबै सर्वसाधारणहरुलाई सुरक्षित स्थानमा रहन र सावधानी अपनाउन समेत सूचित गरेको छ ।

आज मनसुन विशेष तीन दिने मौसम बुलेटिन सार्वजनिक गर्दै विभागले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही तथा कर्णाली र मधेस प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको बुलेटिनमा उल्लेख गरिएको छ ।

रातिको समयमा मनसुन बढी सक्रिय भई पानी पर्ने सम्भावना बढी हुने भएकाले यी दुईदिन सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी, नाला र खोलामा पानीको सतह बढ्न सक्ने, यातायातका साधन प्रभावित हुने भएकाले आवश्यक सर्तकता तथा पूर्वतयारी अपनाउन सबैलाई मौसम विभागले अुनरोध गरेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ३ : १४ बजे

५२६ मतको अन्तरमा नेकपा नेता भीम रावल पराजित

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावल झिनो मतले

टीकाटिप्पणी नगर्न कार्यकर्तालाई रास्वपाको निर्देशन, त्यस्ता गतिविधि भए कारबाही

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन परिणामलाई लिएर विभिन्न

एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्दै रास्वपाका आचार्य विजयी

घोराही । दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र

प्रतिनिधिसभा निर्वाचनमा पाँच स्थानमा महिला उम्मेदवार विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा

रेनु दाहालको भावुक सन्देश – “कामद्वारा मन त जितें, मत जित्न सकिनँ”

चितवन । प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि रेनु दाहालले चितवनवासी जनताप्रति