३ पुस २०८२, बिहिबार | December 18, 2025

अविरल वर्षाले देशका विभिन्न नदीमा सतर्कता तह पार, सतर्क रहन आग्रह



काठमाडौँ । मौसम पूर्वानुमान विभागले देशका विभिन्न जिल्लामा रहेका नदीहरुमा पानीको बहाव बढेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

आज सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, पाल्पा, स्याङ्जा, गुल्मी,अर्घाखाँची,नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपरासी (बर्दघाट सुस्तापश्‍चिम), रुपन्देही, कपिलवस्तु र आसपासका जिल्ला भई बहने स-साना नदीहरुमा बहाव बढ्ने तथा आकस्मिक बहावको उच्च जोखिम अतिउच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

त्यस्तै विभागले काठमाडौँ जिल्ला स्थित विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र सो नदी किनार भई यात्रा गर्नेहरूले दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

त्यसैगरी ललितपुरस्थित खोड्कु खोला झरुवारासि जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको, नदी तटिय क्षेत्रमा बाढीको जोखिम रहेकाले दिउँसो २ बजे सम्मै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

त्यस्तै विभागके आज मेलम्ची, बागमती, बिष्णुमती, धोबी खोला,हनुमन्ते खोला, कालिगण्डकीको सहायक नदीहरू, तिनाउ, बाणगंगा, कञ्चनखोला, दानो खोला लगायतका अन्य स(साना नदीमा बहाव बढ्ने, केही नदीमा आकस्मिक बहावको उच्च जोखिम रहेको उल्लेख गर्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।

 

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ११ : ०५ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका