२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

अविरल वर्षाले देशका विभिन्न नदीमा सतर्कता तह पार, सतर्क रहन आग्रह



काठमाडौँ । मौसम पूर्वानुमान विभागले देशका विभिन्न जिल्लामा रहेका नदीहरुमा पानीको बहाव बढेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

आज सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, पाल्पा, स्याङ्जा, गुल्मी,अर्घाखाँची,नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपरासी (बर्दघाट सुस्तापश्‍चिम), रुपन्देही, कपिलवस्तु र आसपासका जिल्ला भई बहने स-साना नदीहरुमा बहाव बढ्ने तथा आकस्मिक बहावको उच्च जोखिम अतिउच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

त्यस्तै विभागले काठमाडौँ जिल्ला स्थित विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र सो नदी किनार भई यात्रा गर्नेहरूले दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

त्यसैगरी ललितपुरस्थित खोड्कु खोला झरुवारासि जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको, नदी तटिय क्षेत्रमा बाढीको जोखिम रहेकाले दिउँसो २ बजे सम्मै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

त्यस्तै विभागके आज मेलम्ची, बागमती, बिष्णुमती, धोबी खोला,हनुमन्ते खोला, कालिगण्डकीको सहायक नदीहरू, तिनाउ, बाणगंगा, कञ्चनखोला, दानो खोला लगायतका अन्य स(साना नदीमा बहाव बढ्ने, केही नदीमा आकस्मिक बहावको उच्च जोखिम रहेको उल्लेख गर्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।

 

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ११ : ०५ बजे

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन साहको ऐतिहासिक जीत, केपी शर्मा ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा

राप्रपाले खाता खोल्यो, जुम्लाबाट ज्ञानेन्द्र शाही निर्वाचित, रास्वपा उम्मेदवारको जमानत फर्केन

जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली प्रदेशको जुम्लाबाट प्रतिनिधिसभा सदस्यका

मोदीले बधाई सन्देश दिँदै भने – निर्वाचन परिणाम नेपालको लोकतान्त्रिक यात्रामा ऐतिहासिक कोसेढुंगा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको निर्वाचन र यसको

गोकर्ण विष्टको हारपछि मदानेका युवा संघ अध्यक्ष भट्टराईले दिए राजीनामा

गुल्मी । नेकपा (एमाले) निकट युवा संघ नेपालको मदाने गाउँकमिटीका