६ पुस २०८२, आइतबार | December 21, 2025

भारत काभा महिला भलिबलको फाइनलमा



काठमाडौं । उपाधिको प्रमुख दाबेदार भारत श्रीलंकालाई सोझो सेटमा हराउँदै भारत काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा‌ प्रवेश गरेको छ । जारी प्रतियोगितामा श्रीलंका भारतसँग पराजित भएको यो दोस्रो पटक हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा मंगलवार भएको पहिलो सेमिफाइनल खेलमा श्रीलंकासँग सोमबार लिग चरणमा भोगेको हारको बदला लिने अवसर थियो ।

जहाँ सुरूवाती केहि समय श्रीलंकाले भारतलाई चुनौति दियो। खेलमा ७-६ को अग्रता पनि बनायो । तर यसपछि भारतले लगातार ८ अंक जोडेपछि भारतले १४-७ को आरामदायी अग्रता बनायो। यही अग्रतामा भारतले पहिलो सेट २५-१५ ले जित्यो ।

१-० ले पछि परेको श्रीलंका दोस्रो सेटमा पनि खेलमा फर्कन सकेन । श्रीलंकाले खेलाडी परिवर्तनमा‌ पनि जोड दियो । यसले पनि बलियो भारतलाई रोक्न श्रीलंका असफल नै रहयो। दोस्रो सेट भारतले २५-१६ ले आफ्नो पक्षमा पार्यो ।

२-० पछि परेपछि श्रीलंकाले तेस्रो सेटको सुरूवातमा भारतलाई चुनौति दिंदै श्रीलंकाले १२-८ को अग्रता बनाएको थियो । तर ४ अंकको यो अग्रतालाई श्रीलंकाले केहि बेरमा नै गुमायो । भारतले अन्त्यतिर सहजै अग्रतालाई बढाउँदै २५-२३ ले माथ दिदै सोझो सेटको जितमा अन्तिम दुईमा स्थान बनाउन सफल रहयो ।

कप्तान तथा प्रमुख सेटर जिनी कोभात साजी बिना नै भारत आज पनि श्रीलंका विरूद्ध अब्बल देखियो ।‌ आज भारतकी सुर्याको प्रदर्शन यो सहज जितमा सबैभन्दा उत्कृष्ट रहयो । भारत समुह विजेता र श्रीलंका चौथो स्थानमा रहँदै सेमिफाइनलमा पुगेका थिए ।

अब भारतले उपाधिको लागि नेपाल र इरानबीचको विजेतासँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ५ : २४ बजे

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको

मिराज ढुङ्गाना समूहद्वारा भोलिदेखि देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन

नेप्से परिसूचकमा १९ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट