३ पुस २०८२, बिहिबार | December 18, 2025

इरानलाई पराजित गर्दै नेपाल काभा महिला भलिबलको फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने



काठमाडौं । घरेलु टोली नेपालले काभा वुमन्स नेसन्स भलिबल लिगको फाइनलमा पुगेको छ । नेपालले इरानलाई सोझो सेटमा पराजित गर्दै भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

यससँगै नेपालले यसअघि भोगेको हारको बदला पनि लिन सफल भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार भएको दोस्रो सेमिफाइनल भिडन्तमा नेपालले इराला ३-० को सोझो सेटमा हरायो । नेपालले इरानविरुद्ध पहिलो सेटमा २५-२१, दोस्रोमा २८-२६ र तेस्रोमा २५-२० को जित निकालेको हो ।

यसअघि समूह चरणको अन्तिम खेलमा नेपालले मल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेर इरानसँगको भेट पक्का गरेको थियो । नेपालले यसअघि समूह चरणको पहिलो खेलमा श्रीलंकालाई ३-० को सोझो सेटमा हराएको थियो । दोस्रो खेलमा उपाधि दाबेदार भारतलाई ३-२ ले हराउँदै नेपालले सेमिफाइनल यात्रा तय गरेको थियो ।

आइतबार भएको तेस्रो खेलमा नेपाल इरानसँग ३-२ ले पराजित भयो । सोमबार लिगचरणको अन्तिम खेलमा नेपालले अंकविहीन माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराएको थियो ।

भारतले आजै सम्पन्न पहिलो सेमिफाइनलमा श्रीलंकालाई पराजित गर्दै फाइनलमा पुगेको थियो । अब फाइनल खेल बुधबार साँझ ५ बजेदेखि हुने छ ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ६ : ५८ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका