३ पुस २०८२, बिहिबार | December 18, 2025

श्रीलंकालाई पराजित गर्दै इरान काभा महिला भलिबल प्रतियोगिताको तेस्रो



काठमाडौं । काठमाडौंमा जारी काभा महिला भलिबल नेसन्स लिगमा इरानले तेस्रो स्थान हासिल गरेको छ । बुधबार भएको तेस्रो स्थानको खेलमा दक्षिण एसियाली मुलुक श्रीलंकालाई ३-० को सोझो सेटमा हराउँदै इरानले तेस्रो स्थान हासिल गरेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा रहेको कभर्ड हलमा भएको खेलमा इरानले पहिलो सेट २५-२२ ले जितेको थियो । दोस्रो सेटमा श्रीलंकाले बलियो चुनौती प्रस्तुत गरे पनि जित निकाल्न भने सकेन । इरानले दोस्रो सेट २८-२६ ले जितेको हो । तेस्रो सेटमा २५-१७ को सहज जित निकालेपछि इरानले प्रतियोगिताको तेस्रो स्थान पक्का गरेको हो ।

प्रतियोगिताको सेमिफाइनलमा इरानलाई नेपालले हराएको थियो । मंगलबार भएको उक्त खेलमा नेपालले इरानलाई ३-० को सोझो सेटमा हराएको हो । यस्तै, श्रीलंका भने भारतसँग ३-० कै सोझो सेटमा पराजित भएको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ४ : ०१ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका