२९ भदौ २०८१, शनिबार | September 14, 2024

शहर केन्द्रीत प्रहरी सुरक्षा, गाउँका चौकीमा न्यून प्रहरी



तुलसीपुर । दाङको ग्रामीण क्षेत्रका प्रहरी चौकीमा दरबन्दी अनुसार प्रहरी छैनन् । इलाका प्रहरी कार्यालय तुलसीपुर मातहतमा रहेका धेरैजसो प्रहरी चौकीमा दरबन्दी अनुसार प्रहरी छैनन् ।

यसरी दरबन्दी अनुसार प्रहरी नहुँदा समस्या हुने गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तथा प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोख्रेलले बताए । उनका अनुसार सहरी क्षेत्रमा बढी जनशक्ति चाहिने भएकाले इलाका प्रहरी कार्यालय तुलसीपुरमा दरबन्दीभन्दा बढी प्रहरी कार्यरत रहेको भए पनि मातहतका चौकीमा भने दरबन्दी अनुसारका प्रहरी नभएको उनले बताए ।

“केही परेमा हामीले (इप्रका तुलसीपुरबाट) जनशक्ति पठाउने गरेका छौँ”, उनले भने“देशभरकै अवस्था त्यस्तै हो, सबै ठाउँबाट प्रहरीको माग भइरहेको छ ।”

दाङको दङ्गीशरणस्थित इलाका प्रहरी कार्यालय हेकुलीमा २३ जनाको दरबन्दी हो । तर, त्यहाँ सातजना मात्रै कार्यरत छन् । तुलसीपुर उपमहानगरपालिका–१३ स्थित इलाका प्रहरी कार्यालय फूलबारीमा २३ जनाको दरबन्दी रहेपनि ६ जना मात्रै कार्यरत छन् । त्यस्तै इलाका प्रहरी कार्यालय मलबारमा १७ जना दरबन्दी रहेकाम आठ, प्रहरी चौकी विजौरीमा १० जनाको दरबन्दी रहेकामा नौ, प्रहरी चौकी खाद्रेमा १० जनाको दरबन्दी रहेकामा पाँच तथा प्रहरी चौकी गोल्टाकुरीमा १० जनाको दरबन्दी रहेकामा पाँच जना मात्रै कार्यरत छन्् ।

यस्तै प्रहरी चौकी बागरमा १४ जनाको दरबन्दी रहेकामा पाँच तथा प्रहरी चौकी उरहरीमा १४ जनाको दरबन्दी रहेकामा सात जना कार्यरत रहेका प्रहरी नायब उपरीक्षक पोख्रेलले बताए । प्रहरी चौकीभन्दा अस्थायी प्रहरी चौकीमा प्रहरीको सङ्ख्या बढी छ । प्रहरी पोष्टहरु बजारमै भएकाले शान्तिसुरक्षाका लागि बढी प्रहरी परिचालन गरिएको उनले बताए । अस्थायी प्रहरी पोष्ट तुलसीपुर बसपार्कमा सात, अस्थायी प्रहरी पोष्ट बेलुवामा आठ, अस्थायी प्रहरी पोष्ट दमारगाउँमा ६, अस्थायी प्रहरी पोष्ट बेलझुण्डीमा ६, अस्थायी प्रहरी पोष्ट बालापुरमा ६ तथा अस्थायी प्रहरी पोष्ट गोठीखोलामा पाँच जना कार्यरत छन् ।

त्यस्तै अस्थायी प्रहरी पोष्ट टरिगैँ ग्वारखोलामा पाँच, अस्थायी प्रहरी पोष्ट पर्सेनीमा आठ, अस्थायी प्रहरी पोष्ट छिल्लीकोटमा चार तथा राप्ती प्रादेशिक अस्पतालमा दुई जना कार्यरत रहेका प्रहरी नायब उपरीक्षक पोख्रेलले बताए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरमा भने दरबन्दीभन्दा बढी प्रहरी कार्यरत रहेका छन् । प्रहरी नायब उपरीक्षक पोख्रेलका अनुसार ६४ जनाको दरबन्दी रहेकामा ९६ जना कार्यरत छन् । बजार क्षेत्रमा बढी प्रहरी आवश्यकपर्ने उनको भनाइ छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुर मातहतमा इलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीमा गरी एक सय ८५ जनाको दरबन्दी छ । तर, गाउँका प्रहरी चौकीमा प्रहरीको दरबन्दी भन्दा कम भए पनि त्यो जनशक्तिलाई इलाका प्रहरी कार्यालय तुलसीपुर र अस्थायी प्रहरी चौकीमा राखिएको छ । दरबन्दी एक सय ८५ जनाको रहे पनि कार्यरत भने दुई सय चार जना रहेका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  ३ : ४७ बजे

झापामा दुई दिनमा दुई जनाको हत्या

झापा । शिवसताक्षी नगरपालिका र अर्जुनधारा नगरपालिकामा दुई दिनमा दुई

अस्ट्रेलियामाथि इङल्याण्ड ३ विकेटले विजयी

काठमाडौं । टी-२० सिरिजको दोस्रो खेलमा इङल्याण्डले अस्ट्रेलियालाई पराजति गरेको

भोटेकोशीमा खसेको गाडी क्रेनले निकालियो, यात्रु बेपत्ता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा खसेको बोलेरो गाडी क्रेनले निकालिएको

सडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्नेछौँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रै सडक बालबालिकालाई

आजको विदेशी मुद्राको विनिमय दर, अमेरिकी डलरको मूल्य घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय