२७ भदौ २०८३, शनिबार | September 12, 2026

बुटवल हस्पिटलमा रक्तदान, ७५ युनिट रगत संकलन



बुटवल । यस क्षेत्रमा रगतको अभाव भैरहेको समयमा बुटवल हस्पिटल प्रा लिले बिहिबार रक्तदान कार्यक्रम गरेको छ । रगतदान जीवन दानको नारा सहित आयोजना गरिएको रक्तदान कार्यक्रममा ७५ युनिट रगत संकलन भएको हो ।

रक्तदान कार्यक्रममा अस्पतालका चिकित्सक, नर्स लगायतका कर्मचारीहरुले रक्तदान गरेका थिए । बुटवल हस्पिटल प्रा लिले भर्खरै नवनिर्मित भवनबाट सेवा प्रारम्भ गरेको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

अस्पताल परिसरमा भएको रक्तदान कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष ललित खरेल, सचिव मोहन पाण्डे, मेडिकिल निर्देशक डा कृष्ण खनाल, वरिष्ठ डा नन्दु पाठकले बिरामीका लागि अत्यन्तै आवश्यक पर्ने रगतको अभाव हुन नदिन अस्पतालले नियमित रुपमा आफ्ना कर्मचारीहरु मार्फत रक्तदान गर्ने बताए ।

रक्त संचार केन्द्र बुटवलका प्रमुख राधा शर्माले रगत संकलनमा प्रयोग हुने व्याग अस्पतालका पदाधिकारीहरुलाई हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरिएको थियो । सो अवसरमा ७५ युनिट रगत संकलन भएको थियो ।

रक्तदान कार्यक्रममा अस्पतालका चिकित्कहरु, नर्सिक कर्मचारी तथा अन्यकर्मचारीहरुले रक्तदान गरेका थिए । सो अवसरमा अस्पतालका उपस्थित भएका कतिपय बिरामीका आफन्तले पनि रक्तदान गरेका थिए । उनीहरुलाई अस्पतालका तर्फबाट प्रमाण पत्र प्रदान गरिएको थियो । पछिल्लो समय रंक्त संचार केन्द्रहरुमा रगतको माग अत्याधिक रहेका कारण रक्तदान कार्यक्रम अस्पतालले आयोजना गर्नु स्वागतयोग्य रहेको रक्तसंचार केन्द्र बुटवलका प्रमुख शर्माले बताइन ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  ४ : ५७ बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य