१ पुस २०८२, मंगलबार | December 16, 2025

गभर्नरले फरक व्यवहार देखाए- पुर्व अर्थमन्त्री पुन



काठमाडौं । पूर्व अर्थमन्त्री वर्षमान पुनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले फरक व्यवहार देखाएको आरोप लगाएका छन् ।

विहिबार अर्थ समितिको बैठकमा पूर्व अर्थमन्त्री पुनले गभर्नर अधिकारीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यकालमा कडा मौद्रिक नीति लिएको आरोप लगाएका हुन् ।

अहिले ओली नेतृत्वको सरकार आएपछि खुकुलो मौद्रिक नीति ल्याएको भन्दै फरक व्यबहार देखाएको आरोप लगाएका हुन् ।

उनले भने- ‘पछिल्लो समय गभर्नरसाबको व्यवहार, कार्यशैली फेरिएकै हो । नेपाली कांग्रेस र माओवादी केन्द्र नेतृत्वको सरकारका पालामा उहाँले कसेकै हो ।अहिले आफू निकट सरकार छ । प्रधानमन्त्री र अर्थमन्त्रीलाई सहयोग गर्ने गरी खुकुलो मौद्रिक नीति लिनुभयो ।’

स्मरणिय छ गभर्नर अधिकारीले प्रचण्ड सरकार ढलेर ओली सरकार बनेपछि तयार भएर सार्वजनिकको मिति समेत तय भएको मौद्रिक नीति स्थगित गरेर केही दिन पछि मात्र सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  ६ : ४० बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज