१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

पश्चिमाञ्चल यातायात समितिसंग बुटवल हस्पिटल प्रा.लिको सम्झौता



बुटवल । आकस्मिक दुर्घटना या अन्य बिरामीहरुको उपचारमा सहजता ल्याउनका लागि बुटवल हस्पिटल प्रा.लिले पश्चिमाञ्चल यातायात (ट्रक) व्यावसायी समितिसंग उपचार सहजता सम्झौता गरेको छ ।

भर्खरै मात्र आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुरु गरेको बुटवल हस्पिटल प्रा लिले ट्रक व्यावसायी समितिसंगै सम्झौता गरेसंगै समितिमा आवद्ध यातायात व्यावसायीहरुले दुर्घटना या कुनै घटनामा हुने बिरामीको उपचार गराउने भएका छन् ।

त्यसैगरी उपचार गर्न जाने बिरामीहरुका लागि लाग्ने शुल्कमा हस्पिटलले विभिन्न उपचारमा छुट सुविधा उपलब्धता गराउने भएको छ । सम्झौतापछि ट्रक समितिको सिफारिसमा बुटवल हस्पिटलले बिरामीको उपचार गर्ने छ । संस्थागत सिफारिसमा आउने समितिमा आवद्ध व्यवसायीहरु, कर्मचारी तथा उनका परिवारका सदस्यहरुका लागि अस्पतालले विशेष छुट सहित उपचार गर्ने गरि लिखित सम्झौता गरेको हो ।

सम्झौतामा बुटवल हस्पिटल प्रा.लिका उपाध्यक्ष ललित प्रसाद खरेल, अस्पतालका मेडिकल निर्देशक डा कृष्ण खनाल, जनरल म्यानेजर देवेश कर्णले हस्ताक्षर गरेका छनभने ट्रक व्यवसायी समितिका तर्फबाट वरिष्ठ उपाध्यक्ष कमल घिमिरे, सचिव बसन्त खड्का र मुख्य साहायक हिक्मत आचार्यले हस्ताक्षर गरेका छन ।

सो अवसरमा बुटवल हस्पिटल प्रा.लिका उपाध्यक्ष खरेलले बुटवल हस्पिटल सरल सहज सुविधा सम्पन्न अस्पताल बनेको बताउदै अबका दिनमा यहांका बिरामीहरु उपचारका लागि भारतिय शहरहरुमा जानुपर्ने अवस्थामा कमि ल्याउने उदेश्य रहेको बताए । उनले भने ‘अहिले पनि धेरै बिरामीहरु भारतिय शहरहरुमा जाने र ठुलो धनराशी खर्च गर्ने अवस्था छ, हामीले त्यसलाई रोक्ने र गुणस्तरिय सेवा दिने विषयमा लाग्नु पर्दछ’ । उनले देशभरी नै संजाल रहेको समितिसंगको सहकार्यले बिरामीहरुलाई थप सेवा र सहजता हुने बताए ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै ट्रक समितिका वरिष्ठ उपाध्यक्ष कमल घिमिरेले यस क्षेत्रमै अस्पतालकै लागि भनेर बुटवल हस्पिटलको भवन बनेको भन्दै यहांको सेवा सुविधाले बिरामीहरुलाई काठमाडौं पढाउन नपर्ने बताए ।

उनले भने ‘बुटवलमा पहिलो पटक अस्पताल बनेकोछ, अब यहांका बिरामीलाई महंगो शुल्क तिरेर काठमाडौं या भरत पढाउन पर्दैन, यो अस्पताल बुटवलवासीको हो यसलाई सबैले सहयोग गरेर बचाउनु पर्दछ’ । बुटवल हस्पिटलसंग ट्रक समितिको उपचार सम्झौतासंगै सो समिमिा आवद्ध व्यवसायीहरुका लागि पनि सहज हुने समितिका सचिव बसन्त खड्काले बताए ।

सम्झौता भएसंगै अब पश्चिमाञ्चल याताया व्यवसायी समितिका दुवानीका साधनहरुसंग सम्बन्धी दुर्घटना हुँदाका बिरामीहरुका साथै, कर्मचारी मजदुर व्यवसायी र उनीहरुको परिवारको उपचार बुटवल हस्पिटलमा विशेष छुट सहित हुने छ ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  २ : ५० बजे

नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा

आज सुनचाँदीकोे मूल्यमा ओरालो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज

भद्रपुर । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा

चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर ओपीडी सेवा ठप्प, बिरामी मर्कामा

काठमाडौं। नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकमाथि भएको आक्रमणको विरोधस्वरूप मंगलबार

सुनसरी घटनापछि विराटनगरका केही विद्यालय आज बन्द

काठमाडौं । सुनसरीको देवानगञ्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न हुन सक्ने