२० मंसिर २०८२, शनिबार | December 6, 2025

एनआरएन इन्फ्रास्ट्रक्चरको नाफामा आकर्षक वृद्धि



काठमाडौं। एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको नाफामा आकर्षक वृद्धि भएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ४७४.३८ प्रतिशत वृद्धि भएको छ । यस अवधिमा खुद नाफा ४७४.३८ प्रतिशतले बढेर ६ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड १७ लाख रुपैयाँमात्रै खुद नाफा कमाएको थियो । वित्तीय सम्पतिको फेयर भ्याल्यू बढेकाले खुद नाफा बढेको हो । असार मसान्तसम्ममा वित्तीय सम्पत्तीको फेयर भ्याल्यू ७ करोड ४ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष यसैअवधिमा वित्तीय सम्पत्तीको फेयर भ्याल्यू २१ करोड रुपैयाँ ऋणात्मक थियो । नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७६ पैसाले बढेर ५ रुपैयाँ ५३ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ९७ पैसा छ । हाल यसको चुक्ता पुँजी १ अर्ब २२ करोड ३२ लाख ११ हजार रुपैयाँ छ ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ११ : १७ बजे

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति

एनपीएलमा आज दुई खेल : सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी