१४ पुस २०८२, सोमबार | December 30, 2025

भारतीय विदेशसचिव मिस्रीले गरे नेपाल भाषा परिषद्को नयाँ भवनको उद्घाटन



काठमाडौँ । भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत निर्माण गरिएको काठमाडौँस्थित नेपाल भाषा परिषद्को नयाँ भवनको उद्घाटन गरिएको छ ।

नेपालको औपचारिक भ्रमणमा आज आएका भारतीय विदेश सचिव विक्रम मिस्री र सरकार सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले आज सो भवनको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा भारतीय विदेश सचिव मिस्री नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज यहाँ आएका हुन् । नेपाल र भारतबीच सदियौँ पुरानो सभ्यतागत, सांस्कृतिक र जनता–जनताबीचको सम्बन्ध रहेको छ । भारत सरकारको सहयोगमा नेपालमा ठूला पूर्वाधार तथा कनेक्टिभिटी परियोजनाहरु सम्पन्न भई र नयाँ परियोजनाहरु अघि बढाई उच्चस्तरीय आदानप्रदानलाई गति दिँदै पछिल्लो वर्षहरुमा दुई देशबीचको द्विपक्षीय सहकार्य अझ मजबुत भएको छ । विदेश सचिव मिस्री सोमबार काठमाडौँबाट फर्किनेछन् ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ४ : १६ बजे

४३ करोड बढी अपचलन भएको सहकारीलाई चलायमान बनाउन बन्यो तदर्थ समिति

नेपालगन्ज । बाँकेको नेपालगन्जमा रहेको सहकारी वित्तिय संस्था लिमिटेडबाट ४३

यस्तो छ रवि लामिछाने र कुलमानबीच भएको सहमति, साछीमा बालेन शाह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान

रवि सभापति, कुलमान उपसभापति र बालेन प्रस्तावित प्रधानमन्त्री हुनेगरि सहमति

काठमाडौँ । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र

नेकपा (एमाले)ले बुझायो समानुपातिकतर्फको बन्दसूची

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते