८ जेष्ठ २०८३, शुक्रबार | May 22, 2026

भारतीय विदेशसचिव मिस्रीले गरे नेपाल भाषा परिषद्को नयाँ भवनको उद्घाटन



काठमाडौँ । भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत निर्माण गरिएको काठमाडौँस्थित नेपाल भाषा परिषद्को नयाँ भवनको उद्घाटन गरिएको छ ।

नेपालको औपचारिक भ्रमणमा आज आएका भारतीय विदेश सचिव विक्रम मिस्री र सरकार सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले आज सो भवनको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा भारतीय विदेश सचिव मिस्री नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज यहाँ आएका हुन् । नेपाल र भारतबीच सदियौँ पुरानो सभ्यतागत, सांस्कृतिक र जनता–जनताबीचको सम्बन्ध रहेको छ । भारत सरकारको सहयोगमा नेपालमा ठूला पूर्वाधार तथा कनेक्टिभिटी परियोजनाहरु सम्पन्न भई र नयाँ परियोजनाहरु अघि बढाई उच्चस्तरीय आदानप्रदानलाई गति दिँदै पछिल्लो वर्षहरुमा दुई देशबीचको द्विपक्षीय सहकार्य अझ मजबुत भएको छ । विदेश सचिव मिस्री सोमबार काठमाडौँबाट फर्किनेछन् ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ४ : १६ बजे

अमेरिकामाथि नेपालको लगातार दोस्रो शानदार जित

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले अमेरिकामाथि लगातार दोस्रो

प्रथम खजुरा गोल्डकपबाट ३ लाख बढी रकम बचत, गाँउभेला गरेर हिसाव सार्वजनिक

खजुरा । न्यू डाँफे स्पोर्ट्स क्लबको आयोजना तथा खजुरा गाँउपालिकाको

कास्की अदालतबाट रवि विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ताको अनुमति

काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

राष्ट्रियसभाबाट ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक’ पारित

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकबाट ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक,

सरकारको निरंकुशताका विरुद्ध आन्दोलन अपरिहार्य : प्रचण्ड

धनगढी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले