१२ बैशाख २०८३, शनिबार | April 25, 2026

स्थानीय तहको उपनिर्वाचन आगामी मंसिरको तेस्रो साता गर्न आयोगको सुझाव



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरुबीच स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचनको तयारीबारे आज छलफल भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका प्रमुखसहित ३४ रिक्त पदमा आगामी मङ्सिर तेस्रो साता निर्वाचन गर्न उपयुुक्त हुने सुझाव दिएको छ ।

प्रधानमन्त्री ओलीले जाडो समय अगावै हुने गरी निर्वाचनको मिति तय गर्न र निर्वाचनमा मितव्ययीता अपनाउन आग्रह गरेका थिए ।

निर्वाचनको मिति घोषणाअघि आयोगले सम्बन्धित तहमा मतदाता नामावली अद्यावधिकका लागि आह्वान गर्ने आयोगले जानकारी गराएको छ । छलफलमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव लीलादेवी गड्तौलालगायत सहभागी थिए ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ६ : २८ बजे

आफै बस्ती खाली गर्दै मनोहराका सुकुम्बासी

भक्तपुर । भक्तपुरको मनोहरास्थित सुकुमवासी बस्तीका बासिन्दा बस्ती खाली गर्न

लुम्बिनी रोड रेस प्रतियोगितामा नेपाली सेनाका खड्का र न्यौपाने विजयी

दाङ । ‘दोस्रो लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १०

दशरथ रङ्गशालामा सुकुमवासीको ‘स्क्रिनिङ’ : चार परिवारलाई कीर्तिपुर पठाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनारमा बसोबास गर्दै आइरहेका सुकुमवासीरभूमिहीनको

चट्याङ लागेर एक महिलाको मृत्यु

पर्वत । जिल्लाको फलेवास नगरपालिका–५ मा चट्याङ लागेर एक महिलाको

गैरीगाउँको सुकुम्बासी बस्तीमा चल्न थाल्यो डोजर

काठमाडौं । थापाथली आसपासका सुकुम्बासी बस्ती खाली गराएलगत्तै गृहप्रशासनले काठमाडौंको