२४ माघ २०८२, शनिबार | February 7, 2026

नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष अच्युत प्रसाईंको निधन



नेपालगन्ज । नेपालगन्ज उद्योग ब्यापार संघलाई बाणिज्य संघ बनाएर नयाँ जीवन प्रदान गर्न नेतृत्व गरेका संघका पूर्व अध्यक्ष अच्युत प्रसाईको निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं स्थित मेडिसिटी अस्पतालमा भर्ना भएका प्रसाईंको ७२ वर्षको उमेरमा निधन भएको हो ।

साँघुरो कोठामा सिमित गराइएको नेपालगन्ज उद्योग बाणिज्य संघलाई बिधानको दायरामा ल्याउन र आधुनिकरण गर्न प्रसाईंले नेतृत्व प्रदान गरेका थिए । पारिवारिक घेरामा सिमित गराईएको संघलाई ब्यवसायीको साझा संस्था बनाउन नेपालगन्जका ब्यवसायीले गरेको आन्दोलनको नेतृत्व गरेका प्रसाईं आधुनिक नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष समेत हुन् । उनले पहिलो कार्यकाल निर्वाचित भएर र दोस्रो कार्यकाल निर्बिरोध निर्वाचित हुँदै संघको नेतृत्व प्रदान गरेका थिए ।

अमुक ब्यक्तिको कब्जामा रहेको संघको सम्पत्ति संघको स्वामित्वमा ल्याएर हालको उद्योग बाणिज्य संघको आधुनिक भवन निर्माण गर्न प्रसाइंको महत्वपूर्ण भुमिका रहेको छ । उनकै कार्यकालमा नेपालगन्ज उद्योग ब्यापार संघको नाम परिवर्तन गर्दै नेपालगन्ज उद्योग बाणिज्य संघ राखिएको हो । उनी अध्यक्ष भए यता संघको नियमित साधारणसभा र अधिवेशनहरु हुने गरेका छन् । संघले प्रसाईंलाई संरक्षकको उपाधि दिएको छ । उनी नेपाल उद्योग बाणिज्य महासंघको पूर्व केन्द्रीय सदस्य समेत हुन् । प्रसाईं साबिक बागेश्वरी विकास बैंकको संस्थापक अध्यक्ष र हालको सांग्रीला विकास बैंकको पूर्व अध्यक्ष हुन् भने उनी दर्जनौं सामाजिक संघ संस्थाहरुमा आवद्ध रहेका थिए ।

प्रसाईंको पार्थिक शरिरलाई आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । प्रसाईंको एक श्रीमती र २ छोरा छन् ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  १० : २१ बजे

युवा पुस्ताको भावनाअनुसार कांग्रेस क्रियाशील छ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ताको भावनाअनुसार

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

नारायणगढ । भरतपुर महानगरपालिका–१६ छाहारी चोक नजिक मिनी ट्रक र

चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण गराउने आठ मोटरसाइकल नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्दै

प्रधान सेनापति खुला म्याराथन सम्पन्न

काठमाडौं । यस वर्षको ‘प्रधान सेनापति खुला म्याराथन प्रतियोगिता २०८२’

पहाडी जिल्लाका उम्मेदवारहरू मतदाता फकाउन तराईका जिल्लामा

लुम्बिनी । आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको चहलपहल