७ जेष्ठ २०८३, बिहिबार | May 21, 2026

नेपालगन्जमा नवौं प्रादेशिक महोत्सव हुँदै, बिगतमा भन्दा फरक अनुभूती गराइने



नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघले नवौं सृङ्खलाको प्रादेशिक महोत्सव गर्ने भएको छ । संघले पुस ४ देखि १६ गतेसम्म नेपालगन्जमा नवौं प्रादेशिक महोत्सव आयोजना गर्ने भएको हो ।

उद्योग बाणिज्य संघले आज पत्रकार सम्मेलन गरेर महोत्सवका बारेमा जानकारी दिँदै यसवर्षको महोत्सवमा ‘उद्योग, व्यापार, कृषि, जडिबुटी र पर्यटन, व्यवसायिक उद्यमशाला तथा कला संस्कृतिको प्रवद्र्धन’ भन्ने नारा तय गरिएको जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष टंकबहादुर धामीले ८ वटा मेला भन्दा फरक र अझै परिस्कृत ब्यवस्गापनका साथ महोत्सव आयोजना गरिने बताए । उनले लुम्बिनी प्रदेशका सम्पूर्ण उद्योगी, व्यवसायीका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका उद्योगी, व्यवसायीसमेत एउटै स्थानमा समेटेर उद्यमशिलता र ब्यवसायको प्रबद्र्धनका बारेमा महोत्सवमा बहस हुने बताए । महोत्सवमा उद्योगहरुको प्रत्यक्ष डेमोस्टेशन हुने जानकारी दिँदै अध्यक्ष धामीले सानो पुँजी लगानी गरेर उद्यम गर्न चाहने उद्योगीहरुले महोत्सवबाट केही सिकेर जाने वातावरण बनाईने जनाए ।

पत्रकारहरुको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष धामीले स्थायी प्रदर्शनी स्थल बनाउने कुरामा संघ दृढसंकल्पित रहेको दाबी गर्दै सरकारले भोगाधिकार दिएर फिर्ता गरेको जग्गा पुनः प्राप्तिका लागि पहल थालिएको जानकारी दिए । विगतमा बहुउद्देश्यीय सभा गृह बनाउनका लागि भन्दै महोत्सव आयोजना गरिँदै आएको थियो । सभा गृह बनाउने भनेर सरकारले संघको नाममा भोगाधिकार दिएको सडक विभागको १० बिगाहा जग्गा संघको बिगतको नेतृत्वले प्रदर्शनी स्थल बनाउने सक्रियता नदेखाएपछि सरकारले फिर्ता लिइसकेको छ ।

महोत्सवमा ३ सउ स्टल रहने र तीन लाख बढी अवलोकनकर्ताले अवलोकन गर्ने आशा राखिएको धामीले बताए ।

संघका महासचिव भीमबहादुर रानाभाटले पश्चिम नेपालको उद्योग, पर्यटन र कृषि क्षेत्रको समृद्धिमा टेवा पु¥याउने उद्देश्यले महोत्सव आयोजना गर्न थालेको र महोत्सवबाट औद्योगिक एवं व्यवसायिक क्षेत्रमा नविन उर्जा थपिने दाबी गरे । संघले साढे दुई दशकदेखि यस्ता महोत्सव गर्दै आएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ४ : ५८ बजे

मार्किचोक सबस्टेसनमा प्राविधिक समस्या, तीन जिल्लामा विद्युत् अवरुद्ध

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्किचोकमा अवस्थित २२०र१३२/३३ केभी सबस्टेसनमा

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा – तीन दिनको पदमार्ग चार घण्टामा

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा स् तीन दिनको

घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती

कञ्चनपुर । कञ्चनपुरमा स्तनपान गराउने आमाहरूको सङ्ख्या क्रमशः घट्दै गएको

चितवनमा मह उत्पादनमा कमी

चितवन । जिल्लामा यस वर्ष मह उत्पादनमा कमी आएको छ

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

म्याग्दी । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत म्याग्दी,