१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष अच्युत प्रसाईंको निधन



नेपालगन्ज । नेपालगन्ज उद्योग ब्यापार संघलाई बाणिज्य संघ बनाएर नयाँ जीवन प्रदान गर्न नेतृत्व गरेका संघका पूर्व अध्यक्ष अच्युत प्रसाईको निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं स्थित मेडिसिटी अस्पतालमा भर्ना भएका प्रसाईंको ७२ वर्षको उमेरमा निधन भएको हो ।

साँघुरो कोठामा सिमित गराइएको नेपालगन्ज उद्योग बाणिज्य संघलाई बिधानको दायरामा ल्याउन र आधुनिकरण गर्न प्रसाईंले नेतृत्व प्रदान गरेका थिए । पारिवारिक घेरामा सिमित गराईएको संघलाई ब्यवसायीको साझा संस्था बनाउन नेपालगन्जका ब्यवसायीले गरेको आन्दोलनको नेतृत्व गरेका प्रसाईं आधुनिक नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष समेत हुन् । उनले पहिलो कार्यकाल निर्वाचित भएर र दोस्रो कार्यकाल निर्बिरोध निर्वाचित हुँदै संघको नेतृत्व प्रदान गरेका थिए ।

अमुक ब्यक्तिको कब्जामा रहेको संघको सम्पत्ति संघको स्वामित्वमा ल्याएर हालको उद्योग बाणिज्य संघको आधुनिक भवन निर्माण गर्न प्रसाइंको महत्वपूर्ण भुमिका रहेको छ । उनकै कार्यकालमा नेपालगन्ज उद्योग ब्यापार संघको नाम परिवर्तन गर्दै नेपालगन्ज उद्योग बाणिज्य संघ राखिएको हो । उनी अध्यक्ष भए यता संघको नियमित साधारणसभा र अधिवेशनहरु हुने गरेका छन् । संघले प्रसाईंलाई संरक्षकको उपाधि दिएको छ । उनी नेपाल उद्योग बाणिज्य महासंघको पूर्व केन्द्रीय सदस्य समेत हुन् । प्रसाईं साबिक बागेश्वरी विकास बैंकको संस्थापक अध्यक्ष र हालको सांग्रीला विकास बैंकको पूर्व अध्यक्ष हुन् भने उनी दर्जनौं सामाजिक संघ संस्थाहरुमा आवद्ध रहेका थिए ।

प्रसाईंको पार्थिक शरिरलाई आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । प्रसाईंको एक श्रीमती र २ छोरा छन् ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  १० : २१ बजे

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का

भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

नयाँ दिल्ली । भारतका विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ । गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ

नेपाली कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक

लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि स्वीकार्य हुँदैन : गगन थापा

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतान्त्रिक मूल्य र