२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

‘सरकारको गलत नीतिका कारण सिमावर्ती वजारहरुको अवस्था नाजुक’

सांसद राठौरको सुझाव : युरोप अमेरिका होईन उत्तर प्रदेश र बिहारसँग आफ्नो तुलना गर



नेपालगन्ज । सरकारको गलत नीतिका कारण सिमावर्ती वजारहरुको अवस्था नाजुक बनेको सरकोरवालाहरुले बताएका छन् । नेपालगन्ज उद्योग बाणिज्य संघले तिहार, नेपाल सम्बत र छठ पर्वको अवसरमा राखेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने वक्ताहरुले भन्सार राजश्व र उद्योग क्षेत्रमा सरकारको अवैज्ञानीक नीतिका कारण ब्यवसाय माथि उठन नसकेको बताए । उनीहरुले चर्को भन्सारदरका कारण सिमावर्ती बजारमा तस्करी मौलाएको गुनासो गर्दै ब्यवहारीक भन्सार दर कायम भए सबैले राज्यलाई सहयोग गर्ने बताए ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य एवं कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौरले दक्षिण एसियामा बसेर युरोप अमेरिकाको सपना देख्न नहुने बताए । उनले नेपालीहरुले भारतको उत्तर प्रदेश र बिहारसँग आफुलाई तुलना गर्नु पर्ने उल्लेख गर्दै त्यहाँ भन्दा नेपालीको जिवन शैली उच्च रहेको दाबी गरे ।

देशमा भएको सम्पदा बेच्न नसक्दा नेपालीहरु कमजोर भएको चर्चा गर्दै उनले नेपालसँग रहेको पानी, पर्यटन र प्रकृतिलाई बेच्न सके नेपालमै समृद्धि सम्भव भएको बताए ।

अर्का प्रतिनिधिसभा सदस्य एवं एमाले केन्द्रीय सदस्य सुर्य ढकालले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा नगाभी यस क्षेत्रको विकास नहुने बताए । उनले संबिधान संशोधन गर्दा बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने गरि संशोधन गर्नु पर्ने उनको भनाई छ ।

प्रदशसभा सदस्य तथा माओवादी नेतृ कृष्णा केसी नमुनाले सरकारले बाँके र नेपालगन्जलाई सधैं उपेगा गर्ने गरेको बताइन् । बाँकेलाई औद्योगिक जिल्लाकारुपमा विकास गरिने बताइएपनि नौबस्ताको औद्योगिक करिडोर समेत संचालन गर्न नसक्दा नेपालगन्ज पछि परेको बताइन् । उनले नेपालगन्ज विमानस्थलको स्तर उन्नती गर्दै नेपालगन्ज नयाँदिल्लीको उडानका लागि पहल गर्न संघीय सांसदहरुलाई आग्रह गरिन् ।

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अब्दुल वाहीद मन्सरीले राज्यको भन्सार नीति गलत भएका कारण सिमावर्ती बजारहरु सुक्दै गएको बताए । उनले गलत भन्सार दर र कमजोर भन्सार प्रशासनका कारण नेपालमा भन्दा भारतमा सामानको मूल्य कम पर्ने र उपभोक्ताहरुको आकर्षण समिापारी हुने गरेको बताए ।

संघका अध्यक्ष टंकबहादुर धामीको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष चिरन्जिवी ओलीले स्वागत गरेका थिए ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ९ : २८ बजे

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर । जिल्ला प्रशासन कार्यालयले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका

बाढीले थुपारेको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने

काठमाडौं । भोटेकोशी बाढीले थुपारेको ढुङ्गा, माटो, बालुवा र भवनका

भरतपुरमा इभी गाडीमा आगलागी, चालकको मृत्यु

चितवन । भरतपुर महानगरपालिका-९ पूर्व-पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा

आज १६१ औँ मोती जयन्ती मनाइँदै

काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६१ औँ जन्मजयन्ती

प्रतिनिधिसभाको बैठक बस्दै, दुई विधेयकमा छलफल हुँदै

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सिंहदरबारमा