६ श्रावण २०८३, बुधबार | July 22, 2026

रुपन्देहीका उद्योग बाणिज्य संघहरुको आग्रह : व्यवसाय सञ्चालनको वातावरण बनाउ



बुटवल । रुपन्देही जिल्लामा रहेका उद्योग बाणिज्य संघहरुले निर्वाध रुपमा व्यापार व्यबसाय सञ्चालनको वातावरण बनाई दिन माग गरेका छन् ।

रुपन्देही जिल्लामा रहेका पाँच वटा उद्योग बाणिज्य संघले कोरोना भाईरस संक्रमण फैलिन नदिने नाममा गरिएको बन्दाबन्दीले मुलुकको अर्थतन्त्र ध्वस्त हुनुको साथै नीजि क्षेत्रको लगानी समेत धाराशायी भएकाले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले लागु गरेको स्वास्थ्य मापदण्ड पालना गर्नेगरी निर्वाध रुपमा व्यापार व्यबसाय सञ्चालन गर्ने वातावरण बनाईदिन सरकारसंग माग गरेका हुन् ।

रुपन्देही जिल्लामा रहेका बुटवल उद्योग बाणिज्य संघ, सिद्धार्थ उद्योग बाणिज्य संघ, तिलोत्तमा उद्योग बाणिज्य संघ, सैनामैना उद्योग बाणिज्य संघ र देवदह उद्योग बाणिज्य संघले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरि यहि भदौ २० गते पश्चात निर्वाध रुपमा व्यापार व्यबसाय सञ्चालनको वातावरण बनाउन जिल्ला प्रशासन कार्यालय रुपन्देही र जिल्लाका १६ वटै स्थानीय तहलाई आग्रह गरेको हो ।

बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष खिमबहादुर हमाल, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने, तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारी, सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष राजबहादुर क्षेत्री र देवदह उद्योग बाणिज्य संघका अध्यक्ष गोपालप्रसाद ढकालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा छोटो समय मात्रै पसल सञ्चालन गर्ने अभ्यासले झनै भिडभाड बढ्ने र संक्रमणको जोखिम समेत बढेकाले स्वास्थ्य मापदण्ड पालना गरेर व्यापार व्यबसाय सञ्चालन गर्ने व्यबस्था मिलाउन आग्रह गरिएको छ ।

कोरोना निश्चित समयावधि भित्र नियन्त्रणमा आउँछ भन्ने कहीँ कतै प्रमाणित तथ्य नआएको कारण विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्डको पालना गर्नेगरी निर्वाध रुपमा व्यापार व्यबसाय, बैंक तथा वित्तिय संस्थाहरु सावधानी पूर्वक सञ्चालन गर्ने प्रवन्ध मिलाउन विज्ञप्तीमा आग्रह गरिएको छ ।

लकडाउन वा निषेधाज्ञा कोरोनाको उपचार नभएको समेत स्मरण गराईएको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) संक्रमण फैलिन नदिनकालागि सरकारले गत चैत ११ गतेदेखि देशव्यापी रुपमा लकडाउन गरेको थियो भने त्यस यता जिल्ला प्रशासन तथा स्थानी सरकारले लकडाउन गर्दै आएका छन् ।

जसका कारण उद्योग, व्यापार व्यासाय तथा जनजीवन समेत पनि ठप्प छ । यसबाट सापेक्षित रुपमा जनजीवन र उद्योग व्यापार व्यबसायलाई सहज बनाउनकालागि सरकारसंग आग्रह गरिएको हो ।

त्यस्तैगरी विज्ञप्तीमा कोरोना संक्रमण नियन्त्रणका लागि तत्काल पूर्वाधार बिकास र पिसिआर परिक्षणलाई तिब्रता दिन पनि आग्रह गरिएको छ ।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  ९ : २९ बजे

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय