८ जेष्ठ २०८३, शुक्रबार | May 22, 2026

अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन गर्न बैदेशिक रोजगारीसँग सम्बन्धित सेवा भैरहवा र पोखराबाट प्रवाह गरिने



बुटवल । निर्माण सम्पन्न भएर पनि सञ्चालन हुन नसकेका दुई विमानस्थललाई सञ्चालनमा ल्याउने प्रयास स्वरुप सरकारले दुबै विमानस्थल रहेको भैरहवा र पोखराबाट वैदेशिक रोजगारसँग सम्बन्धित सबै सेवा बिस्तार गर्ने निर्णय गरेको छ । रुपन्देहीको भैरहवास्थि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा अन्तरराष्ट्रिय विमानस्थललाई चलायमान गराउन वैदेशिक रोजगारसँग सम्बन्धित सबै सेवा बिस्तार गर्ने निर्णय गरेको हो ।

वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई आवश्यक पर्ने सबै सेवा सुविधा सम्बन्धित विमानस्थलको पायक पर्ने स्थान र कार्यालयबाट उपलब्ध गराउने निर्णयले विमानस्थल चलायमान हुने अपेक्षा गरिएको छ ।

वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले स्वास्थ्य परीक्षण, पूर्वप्रस्थान अभिमुखीकरण तालिम, बीमा, श्रम स्वीकृति र भिसासँग सम्बन्धित कामका लागि काठमाडौं धाउनुपर्ने अवस्था अन्त्य गर्दै भैरहवा र पोखराबाट समेत सेवा लिन सकिने गरि निर्णय भएको बताइएको छ । हाल काठमाडौंबाट प्रदान गरिरहेको सेवा र सम्पादन गरिरहेका काम भैरहवा र पोखराबाट हुने गरी आवश्यक व्यवस्था मिलाउने निर्णय भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक अधिकारीले बताए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको पहलमा सरोकारवाला संघसंस्था र कार्यालयका प्रतिनिधि बैठकले यस्तो निर्णय गरेको मन्त्रालयका उपसचिव कविराज उप्रेतीले जानकारी दिए । मोफसलमा दुई नयाँ विमानस्थल सञ्चालनमा आएको लामो समयसम्म पनि वैदेशिक रोजगारसँग सम्बन्धित कामका लागि काठमाडौंमै जानुपर्ने बाध्यता रहँदै आएको थियो । नियमित सवारी पाउन असहज बनेसँगै ती विमानस्थलबाट उडान भर्न वायुसेवा कम्पनीले इच्छा देखाएका थिएनन् ।

सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकबाट पारित गरेको यी दुई विमानस्थल सञ्चालन गर्ने कार्ययोजनामा समेत यो विषय समावेश रहेको बताइएको छ । भिसा सेन्टर स्थापनाका लागि परराष्ट्र मन्त्रालय मार्फत अनुरोध गर्ने निर्णय समेत श्रम मन्त्रालयले गरेको छ । मन्त्रिपरिषदको बैठकले ऐन, नियम कार्यविधिमा संशोधन वा निर्णय गर्नुपर्ने भए मन्त्रालयले अध्ययन गरी व्यवस्था मिलाउने निर्णय समेत गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सम्हाले लगत्तै यी दुई विमानस्थल सञ्चालन मोडालिटी सबै सरोकारवाला निकायसँग माग गरिएको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  १ : १६ बजे

रोयल्टी, प्रतिलिपि अधिकार तथा बौद्धिक सम्पत्तिसम्बन्धी अध्ययन गर्न जाँचबुझ समिति गठन

काठमाडौं । सरकारले सङ्गीत रोयल्टी, प्रतिलिपि अधिकार तथा बौद्धिक सम्पत्तिसम्बन्धी

तालिमका क्रममा बेहोस भएका सशस्त्रका ६ प्रशिक्षार्थीलाई काठमाडौं ल्याइयो

काठमाडौं । सशस्त्र प्रहरी बलको टीकापुरस्थित तालिम केन्द्रमा तालिमका क्रममा

कालाञ्जरमा खगोल अध्ययन केन्द्र सञ्चालनको तयारी

पर्वत । समुद्री सतहबाट तीन हजार ३०० मिटरको उचाइमा रहेको

कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले आफ्नो नामका अगाडि कानुनविपरीत रूपमा

अमेरिका विरुद्ध नेपालको विस्फोटक ब्याटिङ, ३१८ रनको चुनौती पेश

काठमाडौं । आईसीसी विश्वकप लिग २ क्रिकेट अन्तर्गत अमेरिकाविरुद्धको खेलमा