१२ पुस २०८२, शनिबार | December 27, 2025

गौरमा छुरा हानेर वृद्दाको हत्या



रौतहट । रौतहटको सदरमुकाम गौर स्थित पेटमा चक्कु प्रहार गरी एकजना वृद्धको हत्या गरिएको छ । गौर नगरपालिका (५ कोईरी टोलका ७४ बर्षीय अनुरुद महतोको पेटमा चक्कु प्रहार गरी हत्या गरिएको हो ।

गएराति खाना खाएर आफ्नो घरमा सुतेका महतोको शव घर देखि २०० मीटर पर धानको खेतमा आज बिहान साढे ८ बजे देखिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन् । स्थानीयले शव हेरेर प्रहरीलाई खबर गरेका थिए ।

घटनाको खबर लगत्तै जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरे सहितको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको प्रवक्ता गिरीले जानकारी दिएकी छिन् ।

गौर स्थित झुलेंगेपुलको दक्षिण पट्टी धानको खेतमा भेटिएको मृतक अनुरूध महतोको पेटमा धारिलो हतियार प्रयोग भएको देखिएको एसपी घिमिरेले बताएका छन् ।

मृतक महतो लागूऔषध गाँजा प्रयोग गर्ने मानिस भएकाले घटना गर्ने लागू औषध प्रयोगकर्ता हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाईएको छ ।

घटनामा संलग्न हालसम्म कोही पक्राउ पर्न नसकेको तथा थप अनुसन्धान भइरहेको एसपी घिमिरेले जानकारी दिएका छन्। घटनामा संलग्न अपराधी चाँडै पक्राउ हुने प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहिबार  ७ : २६ बजे

नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी

जनकपुरधाम । नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस

बसन्तको बखानमाथि बुटवलमा छलफल

बुटवल । बसन्त पराजुलीद्वारा लिखित बखानसिंह गुरुङको जीवनीमा आधारित आख्यान

निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा

प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक, १ करोड ८९ लाखभन्दा बढी मतदाता

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका