२५ फाल्गुन २०८२, सोमबार | March 9, 2026

गौरमा छुरा हानेर वृद्दाको हत्या



रौतहट । रौतहटको सदरमुकाम गौर स्थित पेटमा चक्कु प्रहार गरी एकजना वृद्धको हत्या गरिएको छ । गौर नगरपालिका (५ कोईरी टोलका ७४ बर्षीय अनुरुद महतोको पेटमा चक्कु प्रहार गरी हत्या गरिएको हो ।

गएराति खाना खाएर आफ्नो घरमा सुतेका महतोको शव घर देखि २०० मीटर पर धानको खेतमा आज बिहान साढे ८ बजे देखिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन् । स्थानीयले शव हेरेर प्रहरीलाई खबर गरेका थिए ।

घटनाको खबर लगत्तै जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरे सहितको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको प्रवक्ता गिरीले जानकारी दिएकी छिन् ।

गौर स्थित झुलेंगेपुलको दक्षिण पट्टी धानको खेतमा भेटिएको मृतक अनुरूध महतोको पेटमा धारिलो हतियार प्रयोग भएको देखिएको एसपी घिमिरेले बताएका छन् ।

मृतक महतो लागूऔषध गाँजा प्रयोग गर्ने मानिस भएकाले घटना गर्ने लागू औषध प्रयोगकर्ता हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाईएको छ ।

घटनामा संलग्न हालसम्म कोही पक्राउ पर्न नसकेको तथा थप अनुसन्धान भइरहेको एसपी घिमिरेले जानकारी दिएका छन्। घटनामा संलग्न अपराधी चाँडै पक्राउ हुने प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहिबार  ७ : २६ बजे

समानुपातिकको मतगणना जारी : समानुपातिकतर्फ ७९ लाख मतगणना, रास्वपालाई मात्रै ३८ लाख बढी मत, अन्य दलले कति पाए ?

काठमाडौं । प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ७९

न्यूजिल्याण्डलाई ९६ रनले हराउँदै भारत लगातार दोस्रो पटक टी-२० विश्वकप च्याम्पियन

काठमाडौं । आयोजक भारतले आईसीसी टी-२० विश्वकपको उपाधि जितेको छ

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको आज शपथ

काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज हुने भएको छ

प्रतिनिधिसभा निर्वाचन : कर्णालीमा कसले, कहाँ, कति सिट जिते ?

कर्णाली । प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रत्यक्षतर्फ कर्णाली प्रदेशका १२

समानुपातिकमा रास्वपाको पछिल्लो मतसंख्या ३० लाख ६४ हजार

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत प्रत्येक्ष तर्फको मतपरिणम