६ माघ २०८२, मंगलबार | January 20, 2026

कोशी नामकरणविरुद्ध जसपा नेपालले बनायो संघर्ष समिति



काठमाडौं । जनता समाजवादी पार्टी नेपालले कोशी प्रदेशको नाम खारेजीको लागि आन्दोलन परिचालन एवं समन्वय गर्न नौ सदस्यीय संघर्ष समिति गठन गरेको छ ।

कोशी प्रदेश नामाकरणको विरुद्धमा भईरहेको राष्ट्रिय पहिचानको आन्दोलनलाई समन्वय गरि आन्दोलनलाई निर्णायक तहमा पुर्याउन उक्त समिति घोषणा गरिएको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले बताए ।

जसपा नेपाल कार्यकारिणी समिति सदस्य एवं पूर्व शान्ति मन्त्री रकम चेम्जोंगको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरिएको हो ।

आदिवासी जनजाति समुदायमा रुचाईएका र पहिचानवादी समुदायहरुबीच समन्वय गर्न सक्ने तथा आन्दोलनलाई परिणामसम्म पुर्याउन सक्ने क्षमता भएकोले चर्चित नेता चेम्जोंगलाई आन्दोलनको कमाण्डर तोकिएको अध्यक्ष यादवले बताए ।

संघर्ष समितिको सदस्यमा जसपा नेपाल प्रदेश नं। १ का अध्यक्ष  दिपक याख्या, विदेश इन्चार्ज डा. केके राई, संगठन विभाग सचिव लाक्पा शेर्पा, पहिचानवादी नेताहरु राजकुमार राई, जयराम यादव, सशी लिङदेन, कुन्ता राई र मच्छिन्द्र वेगा रहेका छन् ।

यही साउन २७ गते सुरु भई ३० गते ललितपुरको सानागाउँमा सम्पन्न चार दिवसीय जसपा नेपालको केन्द्रीय समिति बैठकले उक्त संघर्ष समिति घोषणा गरेको थियो । यद्यपि, केही सदस्यहरुको नाम थपेर बिहिबार समितिले पूर्णता पाएको छ ।

पूर्वी नेपालमा पहिचानका आधारित आन्दोलन समुदायगत र स्वस्फूत ढंगले हुँदैआए पनि पार्टीगत रुपमा कोशी प्रदेश नाम खारेजीको लागि कमाण्डर तोकेर संघर्ष समिति गठन भएको यो पहिलो पटक हो ।

कोशी प्रदेशको नाम खारेज गरी पहिचानको आधारमा प्रदेशको नामाकारण हुनुपर्ने आवाज उठाउँदै भएका हरेक आन्दोलनको समर्थनमा जसपा नेपाल उभिँदै आएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहिबार  ७ : ५४ बजे

देउवाको क्षेत्र डडेलधुराबाट कांग्रेसले नैनसिंह महरलाई बनायो उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी

मनोनयनको दिनलाई ओलीको सन्देश- ‘भत्किएका सपना आजबाट फेरि जगाउँदै सुन्दर भविष्यको यात्रा सुरु’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी मनोनयनको

एमालेले पाल्पा-२ मा ठाकुर गैरेलाई दियो टिकट

काठमाडौं । नेकपा एमालेले पाल्पा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

नवलपरासी । यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा

रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ताको समय निर्धारण

बुटवल । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज