२३ बैशाख २०८३, बुधबार | May 6, 2026

राजदूतमा सिफारिस रिजालको नाम फिर्ता



काठमाडौं । अस्ट्रेलियाका लागि नेपाली राजदूतमा सिफारिस कान्ता रिजालको नाम फिर्ता भएको छ । रिजालले इजरायलको राजदूत रहेका बेला नेपालबाट लगेका एकजना सहयोगीलाई उतै छाडेर आएको उजुरीपछि उनको नाम फिर्ता भएको स्रोतले जानकारी दिएको छ ।

उनीविरुद्धको उजुरीअनुसार उनले लगेका दुई सहयोगीमध्ये एकजना मात्र स्वदेश फर्केको पाइएको छ । उनलाई इजरायलबाट फिर्ता गर्ने समयमा एमाले र माओवादी केन्द्रको सरकार रहेको थियो ।

कूटनीतिक नियुक्ति पाउने व्यक्तिले दुईजनासम्म घरेलु सहयोगी विदेश लिएर जान पाउने व्यवस्था छ । त्यही व्यवस्थाअनुसार रिजालले पनि दुईजना सहयोगी इजरायल लगेकी थिइन् । तर, उनले एक जनालाई उतै छाडेको भन्ने आरोप लागेपछि उनको नियुक्तिबाट सरकार पछि हटेको हो । रिजाल सत्तारुढ नेपाली कांग्रेसको तर्फबाट अस्ट्रेलियाका लागि राजदूत सिफारिस भएकी थिइन् ।

पूर्ववर्ती प्रचण्ड नेतृत्वको सरकारले ११ जना राजदूत फिर्ता गर्ने क्रममा उनी पनि परेकी थिइन् । प्रचण्ड सरकारलाई हटाएर बनेको केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले गत असार ३० गते १८ देशमा राजदूत सिफासिस गर्दा रिजाल पुनः परेकी थिइन् ।

मन्त्रिपरिषद्ले सिफारिस गरे पनि सरकारले संसदीय सुनुवाइका लागि पठाउँदा उनको नाम सूचीबाट हटाएपछि उनीविरुद्ध उजुरी परेको खुल्न गएको हो ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  १० : ३३ बजे

लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ आमाबाट जन्मिएका सबै शिशु संक्रमणमुक्त

बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ जना

बुटवल-१३ बेलबासमा लमिनारको नयाँ टायल शोरुम सञ्चालन

बुटवल । नेपालको अग्रणी पूर्ण भिट्रिफाईड टायल ब्राण्ड ‘लमिनार’ले रुपन्देहीको

उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा अन्जन श्रेष्ठ चयन

वेस्टर्नमा बिआइटी पढाई सञ्चालन हुँदै

बुटवल । होटल व्यवस्थापन कलेजको रुपमा पहिचान बनाएको बुटवलको वेष्टर्न

बाँकेमा थपिए एक हजार ३२६ नयाँ मतदाता

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालय, बाँकेमा एक महिनाको अवधिमा कुल