१२ पुस २०८२, शनिबार | December 28, 2025

राजदूतमा सिफारिस रिजालको नाम फिर्ता



काठमाडौं । अस्ट्रेलियाका लागि नेपाली राजदूतमा सिफारिस कान्ता रिजालको नाम फिर्ता भएको छ । रिजालले इजरायलको राजदूत रहेका बेला नेपालबाट लगेका एकजना सहयोगीलाई उतै छाडेर आएको उजुरीपछि उनको नाम फिर्ता भएको स्रोतले जानकारी दिएको छ ।

उनीविरुद्धको उजुरीअनुसार उनले लगेका दुई सहयोगीमध्ये एकजना मात्र स्वदेश फर्केको पाइएको छ । उनलाई इजरायलबाट फिर्ता गर्ने समयमा एमाले र माओवादी केन्द्रको सरकार रहेको थियो ।

कूटनीतिक नियुक्ति पाउने व्यक्तिले दुईजनासम्म घरेलु सहयोगी विदेश लिएर जान पाउने व्यवस्था छ । त्यही व्यवस्थाअनुसार रिजालले पनि दुईजना सहयोगी इजरायल लगेकी थिइन् । तर, उनले एक जनालाई उतै छाडेको भन्ने आरोप लागेपछि उनको नियुक्तिबाट सरकार पछि हटेको हो । रिजाल सत्तारुढ नेपाली कांग्रेसको तर्फबाट अस्ट्रेलियाका लागि राजदूत सिफारिस भएकी थिइन् ।

पूर्ववर्ती प्रचण्ड नेतृत्वको सरकारले ११ जना राजदूत फिर्ता गर्ने क्रममा उनी पनि परेकी थिइन् । प्रचण्ड सरकारलाई हटाएर बनेको केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले गत असार ३० गते १८ देशमा राजदूत सिफासिस गर्दा रिजाल पुनः परेकी थिइन् ।

मन्त्रिपरिषद्ले सिफारिस गरे पनि सरकारले संसदीय सुनुवाइका लागि पठाउँदा उनको नाम सूचीबाट हटाएपछि उनीविरुद्ध उजुरी परेको खुल्न गएको हो ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  १० : ३३ बजे

नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी

जनकपुरधाम । नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस

बसन्तको बखानमाथि बुटवलमा छलफल

बुटवल । बसन्त पराजुलीद्वारा लिखित बखानसिंह गुरुङको जीवनीमा आधारित आख्यान

निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा

प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक, १ करोड ८९ लाखभन्दा बढी मतदाता

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका