२९ चैत्र २०८२, आइतबार | April 12, 2026

आफु अपहरणमा परेको झुठो सूचना दिनेमाथि उपद्रवको मुद्दा



नेपालगन्ज । बाँकेमा आफैलाई अपहरण गरिएको खबर दिएर प्रहरीलाई दौडधुप गराउने एकजना विरुद्ध उपद्रवको मुद्दा चलाईएको छ । आफु अपहरणमा परेको नाटक गर्दै प्रहरी सहित साथीहरुलाई भ्रमित पार्ने भरत तिवारीलाई प्रहरीले उपद्रवको मुद्दा चलाएको हो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. ११ का २६ वर्षीय तिवारीले आफ्नै ह्वाट्सएपबाट साथीहरुलाई आफू अपहरणमा परेको म्यासेज पठाएर मुक्त गराउन पहल गरिदिन आग्रह गरेका थिए । गत साउन ३० गते आफ्नै ह्वाट्सएपबाट साथीहरुलाई आफु अपहरणमा परेको म्यासेज गरेपछि साथीहरुले प्रहरीलाई खबर गरिदिएका थिए । सूचनाका आधारमा प्रहरीले खोजतलास गर्न ठुलै संख्यामा प्रहरी खटाएको जनाएको छ । उनले म्यासेजमा आफू अपहरणमा परेको र आफ्नो मोटरसाइकल न्यूरोडमा रहेको बताएका थिए ।

सोही दिनको राती १० बजेतिर भरतले आफै प्रहरीलाई फोन गरेर आफू डुडुवाको कम्दीस्थित खेतको बीचमा भागेर आइपुगेको बताएपछि प्रहरी त्यहाँ पुगेर उसलाई ल्याएको थियो । प्रहरीका अनुसार तिवारीले आफ्नो मोबाईलमा ३ वटा फेक ह्वाट्सएप आईडी खोली आफ्नो साथिहरुलाई आफु अपहरण परेको कुरा सोही ह्वाट्सएप मार्फत जानकारी गराउने गरेका थिए ।

प्रहरीको अनुसन्धानबाट तिवारीले आफैले अपहरणको म्यासेज पठाएर नाटक गरेको पुष्टि भएपछि उनलाई उपद्रवलाई मुद्दा चलाएर थुनामा राखिएको प्रहरीले जनाएको छ । तिवारीले यस अघि आफुलाई धर्मगुरु भन्दै कथा, प्रवचन गर्दै हिँडेने गरेको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ९ : ०८ बजे

पाकिस्तानमा इरान-अमेरिका वार्ता सुरु : इरानी सञ्चारमाध्यम

तेहरान । मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकासँग इस्लामावादमा वार्ता सुरु

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी-तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा

मोरङमा १ अर्बको अत्याधुनिक ‘एलेक्सा लाइफसाइन्सेज’ सञ्चालनमा

मोरङको बुढीगंगा गाउँपालिका-3२ मा १ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा अन्तर्राष्ट्रिय

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख