२० माघ २०८२, मंगलबार | February 3, 2026

पशुपतिमा कोटीहोम समापन भएकै राती प्रहरी र आयोजकबीच झडप



काठमाडौं । पटक पटक ठगी मुद्दामा सजाँय काटेका र पछिल्लो समय जोगीको भेष धारण गर्दै पशुपतिमा कोटीहोम लगाएका गुल्मीका बिजय भण्डारीलाई कोटीहोम सकिएकै राती प्रहरीले पक्राउ गर्ने असफल प्रयास गरेको छ । एक महिनासम्म शान्तिपूर्णरुपमा सञ्चालन भएको पशुपति कोटिहोममा समापनको रात भण्डारीलाई प्रहरीले पक्राउ गर्न खोजेपछि पशुपतिको बनकाली क्षेत्र तनावग्रस्त बनेको थियो ।

राति १० बजेतिर कोटीहोमस्थलमा अचानक प्रहरी प्रवेश गरि भण्डारीलाई नियन्त्रणमा लिन खोजेपछि भण्डारी समर्थक र प्रहरीबीच झडप भएको थियो ।

विजय भण्डारीबाट विजय कृष्णमूर्ति जी महाराज बनेका कोटीहोमका मुख्य आयोजक तथा संकल्पकर्ता भण्डारीलाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरको टोली कोटीहोम स्थल पुगेको थियो । प्रहरीले पक्राउ पूर्जि बिना भण्डारीलाई नियन्त्रणमा लिन खोजेपछि समर्थकहरु उत्तेजित बने । समर्थकहरुले प्रहरीमाथि जाईलागेपछि निकैबेर धकेलाधकेलको अवस्था सृजना भएको थियो ।

आफ्ना समर्थकको घेरामा रहेका भण्डारीले उनकै फेसबुक पेजबाट लाईभ गर्दै सरकारका विरुद्ध उत्तेजक अभिव्यक्ति दिएका थिए । उनले नेपालमा बंगलादेशको अभियान सुरु भइसकेको उदघेष गर्दै पाशुपति क्षेत्रलाई रणभुूमी बनाइदिने चेतावनी दिएका थिए । । उनले ओली सरकारको हालत श्रीलंका र बंगलादेशजस्तो बनाइदिने चेतावनी पनि दिएका थिए ।

समर्थकहरुको संख्या थपिँदै गएपछि प्रहरी उनलाई पक्राउ नगरि फर्केको थियो । प्रहरी फर्केपछि पनि कोटीहोम स्थलमा नाराबाजी र हो हल्ला कायम रहेको थियो । मध्यराती भण्डारीका एक समर्थकले कोटीहोमको हिसाव मागेपछि उनका समर्थकले हिसाव माग्ने ब्यक्तिमाथि कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

काठमाडौं प्रहरी प्रमुख बसन्त रजौरेले भण्डारीलाई सोधपुछका लागि मात्र बोलाउन खोजिएको बताएका छन् । भण्डारीमाथि यसअघि नै ठगीका आरोप लागेको थियो । उनले विगतमा अमेरिका पठाइदिने भन्दै मानिसहरुसँग पैसा उठाएको र सो मुद्दामा दोषी प्रमाणीत भएर उनले जेल सजाय भुक्तान समेत गरेका छन् ।

तीन महिना अगाडि मात्रै भण्डारीले प्रहरी प्रधान कार्यालयको लेटरहेडमा आफ्नो चरित्रको प्रमाणपत्र लिएको खुलासा भएपछि आफ्नो अपराधिक पृष्ठभूमि लुकाएर यो प्रमाणपत्र कसरी हासिल गरे भन्ने विषयमा सोधपुछ गर्न प्रहरीले नियन्त्रणमा लिन खोजेको रजौरेको दाबी छ ।

प्रकाशित मिति : १ भदौ २०८१, शनिबार  १० : २५ बजे

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृतसहित तीन जना अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली