२५ फाल्गुन २०८२, सोमबार | March 9, 2026

पूर्व डिआजी खरेलले भ्रष्टचार गरेको भन्दै अख्तियारमा उजुरी



काठमाडौं । नेपाल प्रहरीका पूर्व डीआईजी तथा सामाजिक अभियन्ता रमेश खरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । पुर्व प्रहरी अधिकृत खरेलविरुद्ध आइतबार सामाजिक अभियन्ता युवराज सफलले उजुरी दर्ता गरेका हुन् ।

अभियन्ता सफलले पूर्व डीआइजी खरेलले ‘सुराकी वापत कमिसन खाएँ’ भन्ने अभिव्यक्ति दिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत जनाउँदै उजुरी दिएका हुन ।

खरेलले विभिन्न जिल्लामा हुँदा आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरी २० लाख रुपैयाँ रकम कमिसन लिएको कुरा एउटा टेलिभिजनमा अन्तर्वाताको क्रममा  बताएका थिए ।

वास्तविक सुराकीकर्तालाई सुराकी गरेवापत निश्चित रकम प्रोत्साहनस्वरुप दिने व्यवस्था गरे पनि खरेलले आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरेर रकम लिएको आरोप सफलको छ ।

गत निर्वाचनमा उनी राष्टिय स्वतन्त्र पार्टीको तर्फवाट बारा-२ मा प्रतिनिधिसभाको उम्मेदवारसमेत थिए । पछि उनले राजिनामा दिएर हिडेका थिए ।

 

 

प्रकाशित मिति : २ भदौ २०८१, आइतबार  ३ : ३९ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचनः आज राति १२ः०० बजेदेखि निर्वाचन आचारसंहिता निष्क्रिय हुने

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य

गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

गोरखा । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ गोरखा क्षेत्र नं १ मा

गुराँस हेर्न बागलुङको रायराँयकोट

बागलुङ । बागलुङको रायराँयकोट यतिबेला चर्चामा छ । गुराँसको जङ्गलबीच

धनुषा-१ को नतिजा तत्काल घोषणा नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले धनुषा १ को मतपरिणाम तत्काल घोषणा

स्पेस टेक्नोलोजीमा चीनको कदम : लङ मार्च–८ए वाई८ रकेट प्रक्षेपण तयारीमा

बेइजिङ । चीन अकादमी अफ लन्च भेइकल टेक्नोलोजीले विकास गरेको