२४ श्रावण २०८३, आइतबार | August 9, 2026

कुनै योगदान नभएकालाई सामाजिक सञ्जालबाट कराएर महान् बनाउन खोजियाे : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक थिति र प्रबन्ध भत्काएर समाज अघि बढ्न नसक्ने बताएका छन । नेपाल खेलकुद महासंघको तेस्रो केन्द्रीय कमिटी बैठकलाई आइतबार सम्बोधन गर्दै ओलीले सामाजिक प्रबन्धलाई माने र नै समाज अघि बढ्ने बताएका हुन ।

‘सामाजिक प्रबन्ध मानेर नै समाज चल्ने हो, संविधान, कानुन मानेर नै समाज चल्छ’, उनले भने । नेपालमा स्थापना गरिएको प्रणाली उपयुक्त छ कि छैन भन्ने विषयमा अहिले छलफल गर्ने बेला नभएको ओलीले बताए । संवैधानिक व्यवस्थालाई प्रभाकारी रूपमा कार्यान्वयन गर्न र सफल बनाउने तर्फ ध्यान जानु पर्नेमा ओलीकाे जोड छ ।

स्वतन्त्रता भनेको छाडापन नभएको प्रष्ट पार्दै उनले भने, ‘स्वतन्त्रताको हक भनेको बेलगमा र छाडा हुनु होइन, लोकतन्त्र भनेको छाडातन्त्र होइन ।

लोकतन्त्र भनेको जनताको शासन भएको बताउँदै ओलीले यो छाडा हुन नसक्ने बताए । कसैको सनकका भरमा शासन सञ्चालन नहुने प्रष्ट पार्दै भने, ‘लोकतन्त्र एउटा अनुशासित समाज हो ।’

कुनै योगदान नभएकालाई सामाजिक सञ्जालबाट कराएर महान् बनाउन खोज्ने र जसले योगदान गरेका छन्, तिनीहरूलाई बदनाम र अपमान गरेर सिद्ध्याउन खोज्ने प्रयास भएका भन्दै ओलीले त्यो कुरा बुझ्न जरुरी रहेकोसमेत बताए । लोकतान्त्रिक, सभ्य र गतिशील समाज निर्माणकाे दिशामा अघि बढ्न ओलीले सबैलाई आह्वान गरेका छन् ।

अहिलेको सरकार भ्रष्टाचार नियन्त्रणका लागि बनेको बताउँदै ओलीले भ्रष्टाचार नियन्त्रणमा हल्ला गर्ने र भ्रष्टाचार लुकाउनको लागि नभएर त्यसको नियन्त्रणको लागि काम गर्न बनेको बताए ।

कसैलाई आग्रह वा पूर्वाग्रह राखेर फसाउने काम सरकारबाट नहुने बताउँदै ओलीले भ्रष्टाचार विरुद्ध कानुन अनुसार शून्य सहनशीलता अपनाइने प्रष्ट पारेका छन । ‘हामी कसैको विरुद्ध छैनौँ, तर कसैले पनि कसैका विरुद्ध बेठिक गर्न पाइँदैन ।’

ओलीले सरकाले खेल क्षेत्रको महत्त्व बुझेको बताउँदै आफ्नो गच्छे अनुसार खेल क्षेत्रको विकासका लागि काम गर्ने बताए । त्यसैले क्रिकेट रङ्गशालाका काम ३ सय दिन भित्रै सक्ने घोषणा गरेर सरकारले काम  गरिरहेको ओलीले जानकारी दिए ।

प्रकाशित मिति : २ भदौ २०८१, आइतबार  ३ : ५१ बजे

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाम । माङसेबुङ गाउँपालिका-२ का किसान देशराज लिम्बूले गत वर्ष

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी खटाइने

काठमाडौं । खाना पकाउने ग्यासमा कालोबजारी भइरहेको सूचना पाएपछि गृह

नेपाल समृद्ध बनाए मात्र नेपालीले सुख पाउने बाटो खुल्छ : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई

पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर

सुदूरपश्चिम । खप्तडका फाँटमा घाम झुल्किँदा पहाडका काखमा फैलिएको हरियालीले