२५ माघ २०८२, आइतबार | February 8, 2026

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले गरे पदभार ग्रहण



काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आइतबारदेखि पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहणअघि प्रमुख कार्यकारी अधिकृत रेग्मीले बैंकको संचालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत रेग्मीको बैंकिङ्ग क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव रहेको छ । राष्ट्रिय वाणिज्य बैंकबाट बैंकिङ्ग करिअर सुरुगर्नुका रेग्मी २०६५ बैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए ।

ग्लोबल आइएमई बैंकमा कर्जा व्यवस्थापन, जोखिम तथा नियन्त्रण, बैंकिङ्ग अपरेसन, जोखिम व्यवस्थापन, अनुपालन, शाखा सञ्चालन, सामान्य प्रशासन, मर्जर व्यवस्थापन लगायत समग्र बैंकिङ्गको सुपरिवेक्षण तहमा काम गरिसकेका रेग्मी एक अब्बल बैंकरका रुपमा परिचित रहेका छन् ।

उनी सँग बैंकिङ्ग क्षेत्रको करिब ३५ वर्षभन्दा लामो अनुभव रहेको छ । नवनियुक्त रेग्मीले त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर तथा वेलायतको युनिभर्सिटि अफ वेल्सबाट एमबीए गरेका छन् ।

शपथ कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष ढकालले लामो समय बैंकिङ्ग क्षेत्रमा रही काम गरेका रेग्मीको कार्यकालमा बैंक थप सबल र सृदृढ हुने विश्वास व्यक्त गरे ।

उनले नयाँ प्रमुख कार्यकारी अधिकृत रेग्मीको नेतृत्वमा बैंकको सेवालाई समयसापेक्ष बनाउँदै आम सेवाग्राहीलाई सहज र सुरक्षित बैंकिङ्ग प्रदान हुने बताए ।

“रेग्मी ग्लोबल आइएमई बैंकको सुरुदेखि नै यस बैंकमा हुन्नुहुन्छ । लामो समय बैंकिङ्ग क्षेत्रमा रहेका उहाँ एक अनुभवी बैंकर हो । उहाँले यस ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्दा नियामकीय निर्देशनहरुको अधिनमा रही यस बैंकका सेवाग्राहीलाई उत्कृष्ट सेवा प्रदान गर्ने र शेयरहोल्डरहरुलाई यथोचित प्रतिफल प्रदान गर्ने मलाई विश्वास छ,” उनले भने ।

पदभार ग्रहण गर्दै रेग्मीले मुलुककै सबैभन्दा ठूलो र प्रतिष्ठित बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी लिँदा गर्व र दायित्वबोध दुवै महशुस भएको बताए ।

उनले आफ्नो कार्यकालमा बैंकको सन्तुलित व्यापार विस्तार, थप सुदृढ ग्राहक सेवा र सुविधाहरु, नयां र सुरक्षित प्रविधियुक्त बैंकिङ्ग सेवा प्रदान गर्दै लगानीकर्तालाई उचित प्रतिफलका साथै बजारमा बैंकको सम्मानजनक उपस्थितीलाई अझ मजवुत वनाउदै लैजाने प्रतिवद्दता व्यक्त गरे ।
उनले ग्लोबल आइएमई बैंकको ब्रान्ड, नेटवर्क र सशक्त बजार हिस्सा बढाउँन आफूले प्रयत्न गर्ने बताए ।

प्रकाशित मिति : २ भदौ २०८१, आइतबार  ६ : १० बजे

निर्वाचन आउन २५ दिन बाँकी : कसलाई मतदान गर्नुहुन्छ भनेर मतदाताको गोप्यता भङ्ग नगर्न आग्रह

काठमाडौं । सामाजिक सञ्जालको प्रयोग गरी र केही अनलाइन सञ्चारमाध्यमले

बुटवलको मिलनचोकमा रहेको सिद्धार्थ कटेजमा तीनदिने मोमो महोत्सव हुँदै

बुटवल । बुटवलको सिद्धार्थ कटेजमा मोमो महोत्सव आयोजना हुने भएको

इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

काठमाडौं । सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ

कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्‍याउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश