८ जेष्ठ २०८३, शुक्रबार | May 22, 2026

सार्वजनिक सूचनामा नागरिकको सहज पहुँच हुनुपर्दछ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको संस्थागत विकास तथा सुशासनको प्रवर्द्धनका निम्ति राज्यको काम कारबाही र सार्वजनिक सूचनामा नागरिकको सहज पहुँच हुनुपर्ने उल्लेख गरेका छन ।

राष्ट्रिय सूचना आयोग स्थापनाको १८ औँ वर्षमा प्रवेश गरेका अवसरमा शुभकामना व्यक्त गर्दै उनले सही सूचनाको प्रवाहद्वारा मात्र शासन व्यवस्थाप्रति नागरिक सहभागिता बढ्न गई शासन व्यवस्थाले वैधता प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन ।

सो अवसरमा प्रमुख सूचना आयुक्त, आयुक्तलगायत सम्पूर्ण कर्मचारीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गदै प्रधानमन्त्री ओलीले नेपालको संविधानले नेपाली नागरिकलाई प्रदान गरेको सार्वजनिक निकायमा रहेको आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक स्थापित गरेको उल्लेख गरेका छन ।

“लोकतान्त्रिक शासन पद्धतिमा सार्वजनिक निकायहरु नागरिकप्रति जवाफदेही, उत्तरदायी र पारदर्शी हुन आवश्यक छ । जवाफदेहीता, उत्तरदायी र पारदर्शी क्रियाकलापबाट मात्र देशमा सुशासन कायम गर्न सहयोग पुग्दछ”, उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन ।

प्रधानमन्त्री ओलीले नेपाल सरकारको सुशासनयुक्त देश बनाउने लक्ष्यमा सूचनाको हकको प्रभावकारी कार्यान्वयनले महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन । उनले सूचनाको हकको कार्यान्वयनका लागि नेपाल सरकारलगायत सबै सार्वजनिक निकायलाई थप जिम्मेवार भएर लाग्न आह्वान गरेका छन ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय सूचना आयोगले सूचनाको हक जस्तो महत्वपूर्ण हकलाई आगामी दिनमा थप प्रभावकारी र जिम्मेवार बन्न यस दिवसले हौसला प्रदान गरोस् भनी सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि सरकारको प्रतिबद्धता व्यक्त गरेका छन ।

प्रकाशित मिति : ३ भदौ २०८१, सोमबार  ७ : २९ बजे

दाङमा सडक अतिक्रमण गरी बनाइएका संरचना हटाइने

दाङ । सडक डिभिजन कार्यालय दाङले राजमार्ग तथा विभिन्न सडक

सार्वजनिक सवारीको नयाँ दर्तामा सरकारले लगायो रोक

काठमाडौं । सरकारले देशभर सार्वजनिक सवारी साधनको नयाँ दर्ता तत्कालका

नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडकमा सिसि क्यामरा जडान गरिने

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा सिसि क्यामेरा जडान गर्न नगरपालिका

छुसाङ-पाताङ्ग्या पदमार्ग स्तरोन्नति गरिँदै

मुस्ताङ । छुसाङ-पाताङ्ग्या पदमार्ग स्तरोन्नति गरिँदैछ । उपल्लो मुस्ताङ भ्रमण

रास्वपा सभापति लामिछानेले आज कोसी र मधेस प्रदेशका सांसदसँग छलफल गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज