१८ माघ २०८२, आइतबार | February 1, 2026

ललितपुरको आगलागी डेढ घन्टा पछि नियन्त्रणमा



काठमाडौं । ललितपुरको बङ्गलामुखी मन्दिर नजिकै कुम्भेश्वरस्थित एक घरमा लागेको आगो नियन्त्रणमा आएको छ । ललितपुर महानगरपालिका-१६ कुम्भेश्वरका अजरमान शाक्यको घरमा आज बिहान भएको आगलागी झन्डै डेढ घन्टा पछि नियन्त्रणमा आएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आगलागी बिहान ९ बजेतिर सुरू भएको थियो । आगलागी नियन्त्रणमा लिनका लागि ६ दमकल प्रयोग गरिएको प्रहरीले जानकारी दिएको छ ।

आगलागी नियन्त्रणमा नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी,नेपाली सेना र स्थानीयले सहयोग गरेका थिए भने ललितपुरसँगै भक्तपुर तथा काठमाडौं गरी तीनवटै जिल्लाका ६ दमकलहरूको सहयोगमा नियन्त्रणमा आएको हो ।

आगलागीमा भएको क्षतिको विवरण भने आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : ३ भदौ २०८१, सोमबार  १२ : ३० बजे

बजार झरेका मतदाता भन्छन्, ‘गाउँमै बस्ने वातावरण बनाइदेउ’

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जाका रामबहादुर छन्त्यालको अस्थायी बसोबास

बागलुङ-बिहुँ खण्ड : नौ वर्षमा पाँचपटक म्याद थप, पुनः ठेक्काको तयारी

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३

उम्मेदवारको पर्खाइमा सीमावर्ती कचनकबलका मतदाता

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

राष्ट्रपति रामचन्द्र पौडेल चारदिने जापान भ्रमणमा, सम्राट् नारुहितो र प्रधानमन्त्रीसँग भेटवार्ता हुने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल नेपाल-जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ

घरघरमा स्वस्थानी व्रत कथा समापन गरिँदै

काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो