४ पुस २०८२, शुक्रबार | December 19, 2025

१० जना दिवंगत सदस्यको स्मरणमा नेपालगन्जमा गाईजात्रा (फोटो फिचर)



नेपालगन्ज । नेपालगन्जका नेवाः समुदायले समुदायका १० दिवंगत सदस्यहरुको सम्झनामा गाईजात्रा निकालेका छन् । एक

वर्षको अवधिमा दिवंगत भएका नेवाः परिवारका सदस्यहरुको सम्झनामा नेपालगन्जमा गाईजात्रा निकालिएको हो ।

नेवाः पुच बाँकेको आयोजना र नेपालगन्जमा क्रियाशील नेवाः समुदायको गुठी, खलः र पुचःहरुको सह आयोजनामा निकालिएको गाईजात्रा बागेश्वरी पार्कमा पुगेर समापन भएको छ । १० वटा दिवंगत परिवारबाट फरक फरक सृङ्गार गरिएका देबी देवता र गाईको प्रतिकात्मक बालबालिका तथा बयस्कहरुको लावा लस्कर स्थानीय स्वस्तिक कटेजबाट सुरु भएर भुरेस्कुल, घरबारीटोल, धम्बोझी, सेतुबिक चोक, न्युरोड हुँदै बागेश्वरी मन्दिर परिषर पुगेर समापन भएको थियो ।

जात्रामा देवी देवताका आवरणमा सृङरिएका बालबालिका सहित , तायमचा, लाखे नाच लगायतका झाँकी प्रदर्शन गरिएको थियो । नेवाः समुदायको महत्वपूर्ण पर्व मानिन्छ ।

नेपालगन्जमा मंगलबार बिहानैदेखी परेको अविरल वर्षाका बाबजुद पनि नेवार समुदाय सहित मृतक घरका आफन्त र छिमेकीहरुको गाईजात्रामा उल्लेख्य उपस्थिती रहेको थियो । वर्षामा भिज्दै जात्रामा सहभागी भएका सबैजनालाई नेवाः पुच बाँकेका अध्यक्ष जितेन्द्रकुमार जोशीले धन्यबाद दिए ।

गाईजात्रामा सहभागी हुन आउने नेवाः समुदायको मृतकका घरका सदस्य आफन्तहरुमा समबेदना प्रकट गर्दै गाईजात्रा ब्यवस्थापन समितिका संयोजक हरिश्चन्द्र श्रेष्ठले मृत आत्माको चिर शान्तिको कामना गरे ।

पितृहरुको स्मरणमा निकालिने गाईजात्रामा सहभागी बटुवाहरुलाई सगुन खुवाएमा पितृले मुक्ति पाउने समुदायमा विश्वास रहँदै आएको छ । नेवाः पुचले हरेक वर्ष नेपालगन्जमा मृत आत्माको शान्तिको कामना गर्दै गाईजात्रा पर्व मनाउँदै आएको छ ।

प्रकाशित मिति : ४ भदौ २०८१, मंगलबार  १ : १२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको