४ चैत्र २०८२, बुधबार | March 18, 2026

बेनीमा दशकपछि नागिनी लुकाउने नाच



बेनी । म्याग्दीको बेनीमा एक दशकपछि नागिनी लुकाउने नाच देखाइएको छ ।

नेपाल भाषा मंका खःल र ल्याम पुुचको अगुुवाइमा जनैपूर्णिमा तथा गाईजात्रा पर्वको अवसरमा करिब एक दशकपछि नाच देखाइएको ल्यामः पुचका पूर्वअध्यक्ष सुवीन श्रेष्ठले जानकारी दिए । “नागानागिनी नाच बर्सेनि देखाउँदै आए पनि नागिनी लुकाएपछि नागाले देखाउने चरित्रलाई प्रदर्शन गर्ने नृत्य भने एक दशकपछि यसपाली देखाइएको हो”, उनले भने, “नयाँ पुस्ताले यसको महत्व बुझून् र सिकून् भनेर धेरै वर्षपछि नाच देखाएका हौँ ।”

नागानागिनी नाचमा दुुईजना कलाकार आवश्यक पर्छ । दुुवै जना पुुरुषमध्ये एकजनाले महिलाको कपडा पहिरिएर अभिनय गर्छन् । अनुुहारमा मुुखुुन्डो लगाएका पुुरुष कलाकारले धोती लगाउँछन् । जनैपूर्णिमा र गाईजात्राका दिन दिवङ्गत नेवार समुुदायको घर अगाडि सापारुसँगै नागानागिनी नाच प्रदर्शन गर्ने चलन छ । नेवार भाषाको गीत गाएर नाच प्रस्तुत गरिन्छ ।

बेनीका संस्कृतिकर्मी प्रकाशकुमार श्रेष्ठकानुसार नागानागिनी नाचले पारिवारिक विश्वासको सन्देश प्रवाह गर्छ । “नागा र नागिनीले एकअर्कालाई माया प्रेममा परीक्षण गर्न खोजेको अभिनय गर्छन्”, उनले भने, “श्रीमान श्रीमतीबीच विश्वास भयो भने परिवार सफल हुन्छ भन्ने सन्देश नागानागिनी नाचमार्फत प्रवाहको प्रयास हुुन्छ ।”

नाचका क्रममा नागालाई अरू नागिनीहरूले एकअर्कालाई परीक्षण गर्न आकर्षित गर्न खोज्ने र नागिनी पनि अरू पुुरुषसँग नजिकिएको अभियन गर्छन् । नाचको अन्तिम समयमा नागिनीलाई लुकाइन्छ । दुवै जनाले पारिवारिक अविश्वास सिर्जना भएको महसुस गर्छन् र सम्बन्धलाई सुधार गरेर विश्वास कायम गर्दै नाचको अन्त्य हुने संस्कृतिकर्मी श्रेष्ठले बताए ।

नेवार संस्कृतिमध्ये बर्खे नाचअन्तर्गत हरेक वर्षको नागपञ्चमीका दिनदेखि सुरु गरेर तीजसम्म बेनी बजारमा विभिन्न नाच देखाउने प्रचलन छ । एक महिनासम्म देखाइने बर्खे नाचमा परापूर्व कालमा समाजमा दुःख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्रलाई बर्खे नाचमा देखाउने गरिन्छ ।

बर्खे नाचअन्तर्गत तीजको दिनमा दानवीय स्वरूपको लाखेलाई भगवान् श्रीकृष्णले वध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देश यो नाचबाट दिने गरिएको जानकारहरू बताउँछन् । बेनी बजारमा तीन सय वर्षअघि बस्ती बसेदेखि नै बर्खे नाच सुरुआत भएको जनाइएको छ । बेनीमा विशेषगरी नेवार समुदायको अगुवाइमा यो नाचले निरन्तरता पाउँदै आएको छ ।

प्रकाशित मिति : ४ भदौ २०८१, मंगलबार  ९ : ०८ बजे

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् ।

दलका नेताहरुलाई बोलाएर धन्यवाद् दिने कार्यलाई प्रधानमन्त्रीको निरन्तरता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलका नेताहरुलाई प्रधानमन्त्री निवास

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी

जग्गा विवादमा छोराले गरे आमाको हत्या

कञ्चनपुर । दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५

लागुऔषधसहित सात जना पक्राउ

भद्रपुर । लागुऔषध खैरो हिरोइनसहित सात जना पक्राउ परेका छन्