३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

संघीय प्रहरी कानुन पुरै नयाँ आउने : गृहमन्त्री



जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले प्रदेशका प्रहरी समायोजन सहितका समस्या समाधानका लागि संघीय प्रहरी कानुन संसोधन हुने गरि नयाँ कानुननै बनाउन लागिएको बताएका छन् ।

सिरहा र धनुषामा आयोजना हुन लागेको विभिन्न कार्यक्रमहरुमा सहभागिताका लागि आएका गृहमन्त्री लेखकले जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग  कुराकानी गर्दै नयाँ प्रहरी कानुन बनाउन मन्त्रालयबाट निर्णय गरि अर्थ मन्त्रालयमा पठाइसकिएको र विभिन्न मन्त्रालयको सहमती पछि संसदमा पेश हुने बताए ।

प्रहरी सम्बन्धी संघीय ऐनमा संसोधन परिमार्जन गरेर प्रहरीको समायोजन र प्रदेश प्रहरी गठन र समायोजनका कामहरु धमाधम हुने उनको दावी छ ।  वर्तमान सरकार डेलिभरि गर्नकै लागि बनेकाले त्यसमा कुनै कम्प्रोमाईज नहुने र मुलुकमा शान्ति शुव्यवस्था र विधिको शासन कायम हुने उनको भनाई छ ।

उनले राजनितिक स्थितरता, आर्थिक गतिविधी बढाउन, संघिय लोकतान्त्रिक व्यवस्था र समावेशिता सहितको संविधान र विधी बचाउन तथा सार्थक बनाउन वर्तमात सरकार अगाडि बढिरहेको र त्यसै अनुसारको कार्यसम्पादन भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : ६ भदौ २०८१, बिहिबार  ११ : १२ बजे

फिफा विश्वकप फुटबल २०२६ बराबरीमा टुंगियो ब्राजिल र मोरक्कोको खेल

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘सी’ को

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

मुस्ताङ । लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने

पश्चिमी न्यून चापीय रेखाको प्रभाव : देशका विभिन्न भागमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न तोकिएको समयसीमाभित्र