११ भदौ २०८३, बिहिबार | August 28, 2026

गृहमन्त्री लेखक र भारतीय राज्यमन्त्री खड्सेबीच भेटवार्ता



काठमाडौं । गृहमन्त्री रमेश लेखक र भारतीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्सेबीच भेटवार्ता भएको छ ।

शनिबार गृहमन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो । शुक्रबार पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहराबाट भारतीय बस मर्स्याङ्दी नदीमा खसेपछि भएका घाइतेको अवस्था बुझ्न काठमाडौँ आएकी भारतीय राज्यमन्त्री खडसे गृहमन्त्रालय पुगेर गृहमन्त्री लेखकसँग भेटवार्ता गरेकी हुन् ।

यसअघि दुवैले शिक्षण अस्पताल महाराजगंज पुगेर घाइतेको अवस्था बारे जानकारी लिएका थिए ।

सो दुर्घटनामा २७ जना भारतीय यात्रीको मृत्यु भएको थियो भने १६ जना घाइतेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

भेटवार्तामा घाइतेहरुको उपचार, मृत्यु भएकाहरुको शव भारत पठाउनेलगायतका विषयमा छलफल भएको बताइएको छ । बस दुर्घटनामा मृत्यु भएकाहरुको पोस्टमार्टम सकिएको बताइएको छ ।

मृतकहरुको शव लिन भारतीय एयरफोर्सको जहाज नेपाल आउने भएको छ ।

प्रकाशित मिति : ८ भदौ २०८१, शनिबार  २ : ५७ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि