२९ मंसिर २०८२, सोमबार | December 15, 2025

गृहमन्त्री लेखक र भारतीय राज्यमन्त्री खड्सेबीच भेटवार्ता



काठमाडौं । गृहमन्त्री रमेश लेखक र भारतीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्सेबीच भेटवार्ता भएको छ ।

शनिबार गृहमन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो । शुक्रबार पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहराबाट भारतीय बस मर्स्याङ्दी नदीमा खसेपछि भएका घाइतेको अवस्था बुझ्न काठमाडौँ आएकी भारतीय राज्यमन्त्री खडसे गृहमन्त्रालय पुगेर गृहमन्त्री लेखकसँग भेटवार्ता गरेकी हुन् ।

यसअघि दुवैले शिक्षण अस्पताल महाराजगंज पुगेर घाइतेको अवस्था बारे जानकारी लिएका थिए ।

सो दुर्घटनामा २७ जना भारतीय यात्रीको मृत्यु भएको थियो भने १६ जना घाइतेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

भेटवार्तामा घाइतेहरुको उपचार, मृत्यु भएकाहरुको शव भारत पठाउनेलगायतका विषयमा छलफल भएको बताइएको छ । बस दुर्घटनामा मृत्यु भएकाहरुको पोस्टमार्टम सकिएको बताइएको छ ।

मृतकहरुको शव लिन भारतीय एयरफोर्सको जहाज नेपाल आउने भएको छ ।

प्रकाशित मिति : ८ भदौ २०८१, शनिबार  २ : ५७ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले