४ श्रावण २०८३, सोमबार | July 20, 2026

बाँके प्रहरीले बरामद गरेको सुनचाँदी सहित ४ जनालाई २४ घण्टापछि सार्वजनिक



नेपालगन्ज । बाँके प्रहरीले सुनचाँदीको अबैध कारोबारको आरोपमा सुनचाँदी सहित पक्राउ परेका ४ जनानलाई पक्राउ गरेको झण्डै २४ घण्टापछि सार्वजनिक गरेको छ । सुनचाँदी बरामद र अबैध कारोबार गर्नेहरु पक्राउ परेको घटना प्रहरी स्रोतहरुबाट छताछुल्ल भएपछि प्रहरीले बरामदी सुन र पक्राउ परेका ब्यक्तिहरुलाई सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार नेपालगंज उप(महानगरपालिका वडा नं. ११ बीपी चोक आसपासमा अवैध सुनचाँदीको कारोबार हुँदै छ भन्ने सूचनाको जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा ६७ ग्राम तौल रहेको सुन र १७२ ग्राम तौल रहेको चाँदीका पायलहरु बरामद भएको थियो । ती धातुहरु सहित प्रहरीले बर्दिया राजापुर ८ बस्ने ४० वर्षिय नेपाली थारुले चलाएको प्रदेश ०३०१-०२४ च ६७६३ नम्बरको कारमा सवार रहेका जिल्ला बर्दिया राजापुर ४ का ४२ वर्षिय निम प्रकाश सुनार र नेपालगंज उप-महानगरपालिका १९ बस्ने २१ वर्षिय राहुल सोनारलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुमाथि नुसन्धान गर्ने क्रममा नेपालगंज २ स्थित महेश मुराउले संचालन गरेको पशुपती सुन चाँदी रिफाईन कारखानामा तलासी गर्दा उक्त कारखानाबाट अवैध सुन जस्तो देखिने ३४० ग्राम तौल रहेको धातु र चाँदी जस्तो देखिने १० केजी ४४१ ग्राम तौल रहेको धातु सहित राप्तीसोनारी ४ का २४ वर्षियओम नड्ग चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दुबै स्थानबाट बरामद भएको सुन ४०७ ग्राम, चाँदी १० केजी ६१३ ग्राम र सवारी साधन सहित पक्राउ परेका चारैजनालाई थप अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर पठाईएको बाँके प्रहरी प्रवक्ता डीएसपी नाराष्ण डाँगीले बताए । करामद धातु र सवारी साधनको अनुमानित मुल्य एक करोड पाँच लाख तेत्तिस हजार चार सय रहेको उनले बताए ।

प्रकाशित मिति : ११ भदौ २०८१, मंगलबार  ६ : ३१ बजे

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका,

बुधबारदेखि वर्षा कम हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश

पुँजी बजार छलफलकै दिन नेप्सेमा उत्साह, परिसूचक ४१.७० अंकले बढ्यो

काठमाडौं । साताको कारोबारमा नेपाली शेयर बजारले उल्लेखनीय सुधार देखाएको

पुँजी बजार सुधारका एजेन्डासहित प्रधानमन्त्रीसँग सरोकारवालाको छलफल, लगानीमैत्री नीति ल्याउने प्रतिबद्धता

काठमाडौं । पुँजी बजार, धितोपत्र तथा बिमा क्षेत्रका प्रतिनिधिहरूले प्रधानमन्त्री