६ पुस २०८२, आइतबार | December 21, 2025

साफ यू-२० च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै



काठमाडौं । आज साफ यू-२० च्याम्पियनसिपको फाइनल खेल हुदै छ ।  फाइनल खेलमा नेपाल र बंगलादेश आमने सामने हुदै छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न २: ३० बजेदेखि हुने भएको छ ।लगातार भइरहेको बर्षाका कारण दशरथ रंगशाला खेल्न योग्य नभएपछि फाइनल खेलपनि एन्फा कम्प्लेक्समा नै हुने भएको एन्फाले जानकारी दिएको छ ।

नेपालले सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुटआउटमा ४-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । त्यस्तै बंगलादेशले भने सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

नेपाल र बंगालदेश यस प्रतियोगीताको एकै समुह ए मा रहेका थिए । समुह चरणको खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।

नेपालले अहिलेसम २०१५ र २०१७ मा साफ यू-२० च्याम्पियनसिपको उपाधि जितेको भएपनि बंगलादेशले भने अहिलेसम्म यो उपाधि जितेको छैन । बंगलादेश अहिलेसम्म २०१७, २०१९ र २०२२ मा फाइनलमा पुगेर पराजित भएको थियो ।

प्रकाशित मिति : १२ भदौ २०८१, बुधबार  ७ : २९ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा