१४ पुस २०८२, सोमबार | December 30, 2025

एकीकृत समाजवादीको उपाध्यक्ष र उपमहासचिवमा को को विजयी भए ?



काठमाडौं । नेकपा एकीकृत समाजवादीको उपाध्याक्षको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ ।  जस अनुसार उपाध्यक्षमा डा. गंगालाल तुलाधर (१८९), जगन्नाथ खतिवडा (१६१), प्रकाश ज्वाला (१४५) र भानुभक्त जोशी (१५६)  विजयी भएका छन् । उपाध्यक्षमा निर्वचित जोशी बाहेक तिनै जना अध्यक्ष माधव कुमार नेपाल निकट नेता हुन् ।

त्यस्तै महिला उपाध्यक्षमा पनि नेपाल निकट नेतृ जयन्ती राई विजयी भएकी छन् भने रामकुमारी झाक्री पराजित भएकी छन् । नेपाल पक्षले आफु निकट उम्मेदवारको चिट नै बनाएर बाँडेको थियो ।

त्यस्तै चार उपमहासचिवको नतिजा पनि आएको छ । जसमा मेटमणि चौधरी १५८ मत प्राप्त गर्दै विजयी भएका छन् भने रामकुमार खड्का र गरिमा शाहले १०७ मत प्राप्त गरेर निर्वाचित भएका छन् । त्यस्तै राजेन्द्र राईले १०६ मत प्राप्त गर्दै विजयी भएका छन् । चार उपमहासचिवको लागि १९ जनाको उम्मेदवारी परेको थियो ।

प्रकाशित मिति : १२ भदौ २०८१, बुधबार  ७ : ४२ बजे

४३ करोड बढी अपचलन भएको सहकारीलाई चलायमान बनाउन बन्यो तदर्थ समिति

नेपालगन्ज । बाँकेको नेपालगन्जमा रहेको सहकारी वित्तिय संस्था लिमिटेडबाट ४३

यस्तो छ रवि लामिछाने र कुलमानबीच भएको सहमति, साछीमा बालेन शाह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान

रवि सभापति, कुलमान उपसभापति र बालेन प्रस्तावित प्रधानमन्त्री हुनेगरि सहमति

काठमाडौँ । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र

नेकपा (एमाले)ले बुझायो समानुपातिकतर्फको बन्दसूची

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते