११ असार २०८३, बिहिबार | June 25, 2026

बेनी-जोमसोम-कोरला सडक : सिरुबारीको पहिरोमा दुर्घटनाको जोखिम



म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ सिरुबारी क्षेत्रको पहिरोले दुर्घटनाको जोखिम बढेको छ । कालीगण्डकी किनारको पाखोमा निर्माण भएको सडकमा खस्ने पहिरोका कारण बेनी-जोमसोम सडकमा नियमित यातायात सञ्चालन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम बढेको हो ।

स्तरोन्नतिका क्रममा रहेको बेनी-जोमसोम-सडक आयोजनाका सबइन्जिनियर सोहनजङ्ग कार्कीले गत वर्षदेखि सृजना भएको सिरुबारीको पहिरोले दुःख दिइरहेको बताए । “करिब एक किलोमिटरमाथिको पाखो बगेको छ”, उनले भने “खसेको पहिरो पन्छाउदै सावधानी अपनाएर यातायात सञ्चालन गरिएको छ ।” आकाशबाट पानी पर्नेबित्तिकै पाखोबाट ढुङ्गा, लेदो र गेगरसहितको पहिरो खसेर सडकमा थुप्रिन्छ । हिलोमा सवारीसाधन फस्ने, गुडिरहेका सवारीमाथि ढुङ्गा खस्ने, यात्रीलाई चोटपटक लाग्ने जोखिम छ ।

यही भदौ ४ गते पोखराबाट बेनी हुँदै जोमसोमतर्फ जाँदै गरेको ग १ ख ७७१७ नम्बरको बस सिरुबारीको पहिरोमा गुडिरहेको अवस्थामा ठूलो ढुङ्गा खसेर च्यापिदा दुईजना यात्रा घाइते भएका थिए । पहिरोले सयौँ रोपनी खेतीयोग्य जमिन र जङ्गल नष्ट भएको छ ।

सवारी चालक तम परियारले त्रासैत्रासमा गाडीलाई पहिरो पार गर्नुपर्ने बाध्यता रहेको बताए । सिरुबारी क्षेत्रमा करिब पाँच सय मिटर सडक पहिरोले छियाछिया बनाएको छ । मुस्ताङ जिल्ला, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बासिन्दाका साथै पर्यटक र तिर्थयात्रीलाई पहिरोका कारण जोखिम र सास्ती भएको छ ।

सिरुबारी, महभिर, बैसरी, गुइँठेभिरलगायत ठाउँमा पहिरोको उच्च जोखिम भएकाले रातको समयमा यात्रा नगर्न र सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय, रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र बेनी-जोमसोम-कोरला सडक आयोजनाले अपिल गरेका छन् । ती ठाउँमा खस्ने पहिरो पन्छाएर यातायात सञ्चालन गर्न सडक विभागको डोजर, लोडर, ब्याकुहोलोडर तयारी अवस्थामा राखिएको बेनी-जोमसोम-कोरला सडक आयोजनाका प्रमुख धु्रवकुमार झाले बताए ।

पहिरो, कटान र बाढीको जोखिम भएको ठाउँमा दीर्घकालीन समाधानका लागि अध्ययन गरेर भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा योजना माग गरिएको उनले बताए । योजना र बजेटको अभावमा पहिरो रोकथामका लागि दीर्घकालीन काम गर्न नसकेको झाले बताए ।

प्रकाशित मिति : १२ भदौ २०८१, बुधबार  ७ : ५५ बजे

रुसी राष्ट्रिय दिवसका अवसरमा आयोजित स्वागत समारोहमा उपराष्ट्रपति यादव सहभागी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव रुसको राष्ट्रिय दिवसका अवसरमा आयोजित

दक्षिण कोरियालाई १-० ले हराउँदै दक्षिण अफ्रिका विश्वकपको अन्तिम ३२ मा प्रवेश

काठमाडौं । दक्षिण कोरियामाथि १-० को रोमाञ्चक जित निकाल्दै दक्षिण

भेनेजुएलामा विनाशकारी भूकम्पपछि आपतकाल घोषणा

काठमाडौं । भेनेजुएलामा विनाशकारी भूकम्पपछि आपतकाल घोषणा गरिएको छ ।

जुम्लाको टम्टी आसपास ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं । जुम्लामा आज बिहान भूकम्प गएको छ । बिहान

रास्वपा प्रथम महाधिवेशन : पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी