११ पुस २०८२, शुक्रबार | December 27, 2025

माओवादी केन्द्रको परामर्श बैठक : सुदूरपश्चिम प्रदेशका ६३ नेताले दिए सुझाव



धनगढी । नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदशस्तरीय दुई दिने परामर्श बैठक आज सकिएको छ । हिजोदेखि सुरु भएको बैठकमा यस प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरू गरी ६३ जनाले पार्टी निर्माणका लागि सुझाव दिएका छन् ।

सुशासन, सामाजिक न्याय र समृद्धिको एजेण्डासहित सुदृढ जनसंगठन निर्माण गरेर अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिंदै प्रदेशका नेताहरुले आगामी केन्द्रीय समिति बैठकबाट ठोस कार्ययोजना ल्याउन नेतृत्वलाई आग्रह गरे ।

बैठकलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पदाधिकारीहरुले पनि सम्बोधन गरेका थिए । केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्ताबेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत माओवादी केन्द्रले परामर्श बैठक सुरु गरिएको जनाएको छ ।

जसअनुसार सदूरपश्चिमसहित बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश र गण्डकी प्रदेश गरी पाँच प्रदेशको परामर्श बैठक सम्पन्न भइसकेको छ । भोलिबाट कर्णालीको प्रदेशस्तरीय परामर्श बैठक सुर्खेतमा तय गरिएको छ ।

प्रदेश परामर्श बैठकमा अध्यक्ष प्रचण्डले सुरुमा विषय प्रवेश गराएर नेताहरूको सुझाव सुन्ने गरेका छन । प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय कमिटी बैठक बस्नेछ । केन्द्रीय कमिटीले ठोस निर्णय गरेर नियमित कार्यक्रम क्रमिकरुपमा जनतामा जाने माओवादीको तयारी छ ।

प्रकाशित मिति : १३ भदौ २०८१, बिहिबार  ३ : ०७ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी । गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

बुटवलको स्कलर्स होम सेकेण्डरी स्कुलको ३४ औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

बुटवल । बुटवलको प्रतिष्ठित शैक्षिक संस्था स्कलर्स होम सेकेण्डरी स्कुलले

राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय

लुम्बिनी प्रादेशिक अस्पतालको सामाजिक सेवा इकाई विपन्नको बन्दै सहारा, बढ्दै आकर्षण

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा सञ्चालित ‘सामाजिक सेवा इकाई’ गरिब

रवि-बालेन सहमति आज नहुने, हस्ताक्षर भोलिका लागि सारियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र