२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

बाँके बस दुर्घटना : मृतकको संख्या ३ पुग्यो



नेपालगन्ज । बाँकेको गनापुरमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । दुर्घटनामा गम्भिर घाइते भएका थप एक जनाको मृत्यु भएसँगै मृत्युृ हुनेको संख्या ३ पुगेको हो ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत दाङ, घोराहीका ३० वर्षिय बिमल राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले बताए ।

दुर्घटनामा गम्भिर घाइते भएका राईको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा दिउँसो मृत्यु भएको उनले जानकारी दिए । यसअघि दुर्घटनामा गम्भिर घाइते भएका यात्री दाङ तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र तुलसीपुरकै २४ वर्षीय बसका सहचालक सन्तोष भुषालको भेरी अस्पतालमा मृत्यु भएको थियो ।

दाङको तुलसीपुरदेखि नेपालगन्ज आउँदै गरेको भे १ ख २१२८ नम्बरको यात्रुबाहक बस बाँकेको गनापुरमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परेका घाइते २१ जनाको भेरी अस्पताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बाँकी ४ जनाको उपचार भइरहेको छ । घाइते एक जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भएकोमा डिस्चार्ज भईसकेका छन् ।

प्रकाशित मिति : १३ भदौ २०८१, बिहिबार  ४ : २८ बजे

तीन महिनापछि पोखरा-जोमसोम हवाई सेवा सञ्चालन

मुस्ताङ । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत

कुनै पनि डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैनः वरिष्ठतम् न्यायाधीश मल्ल

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कुनै

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४

वायु प्रदूषण अत्याधिक बढ्दो, मास्कको प्रयोग गर्न आग्रह

काठमाडौं । हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा

ट्रम्प प्रशासन अगाडि उभिएको भयावह विकल्प : आर्थिक पतन कि नौसैनिक संकट?

ट्रम्प प्रशासन अहिले दुई गम्भीर जोखिमको बीचमा फसेको छ –