२३ बैशाख २०८३, बुधबार | May 6, 2026

बुद्धजन्मस्थल लुम्बिनीबाट शान्तिको सन्देश फैलाऔं : पर्यटनमन्त्री पाण्डे



लुम्बिनी । लुम्बिनी विकास कोषको आर्थिक वर्ष २०८१/०८२ का लागि नीति कार्यक्रम तथा अनुमानित बजेट परिषदमा पेश भएको छ । शनिबार बुद्धजन्मस्थल लुम्बिनीमा संस्कृती पर्यटन तथा नागरिक उडयन मन्त्री एवं लुम्बिनी विकास कोषका अध्यक्ष बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा बसेको परिषद बैठकमा कार्यक्रम र बजेट पेश गरिएको हो ।

कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले आन्तरीक तर्फ ३७ करोड ११ लाख र नेपाल सरकारको गुरुयोजनाको बहुवर्षिय कार्यक्रमका लागि ४४ करोड गरी ७६ करोड ९८ लाखको अनुमानित बजेट परिषदमा पेश गरेका छन् ।

यस्तै सदस्य सचिव सानुराजा शाक्यले दोस्रो गौतमबुद्ध अन्तर्राष्ट्रिय शान्ति पुरस्कार वितरणको प्रकृया अगाडि बढाउने, लुम्बिनी वल्र्ड हेरिटेज कन्फ्रेन्स गर्न सरकार समक्ष अनुरोध गर्ने लगायतका कार्यक्रम सहितको नीति कार्यक्रम पेश गरेका छन् । परिषदमा पेश भएका नीति कार्यक्रम र बजेटमाथि ब्यापक छलफल गरी लुम्बिनीको प्रवद्र्धन, विकास, स्थानीय समुदायसँग जोड्ने र लुम्बिनी विश्व सम्पदाका रुपमा स्थापित गर्ने गरी अर्को बैठकले पारित गर्ने गरी सकिएको कोषले जनाएको छ । कोषका अध्यक्ष समेत रहेका मन्त्री पाण्डेले लुम्बिनी विश्वमै नेपाल चिनाउने सम्पदा भएकाले यसको महत्वलाई अझ अन्तर्राष्ट्रियकरण गर्ने गरी स्पष्ट योजना देखिने गरी अर्को परिषद बैठक मार्फत पारित गर्ने बताए ।

बैठकमा कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले आफू लुम्बिनी बनाउने दृढ संकल्पका साथ जिम्मेवारी निर्वाह गरेको बताउँदै आम्दानी निकै थोरै भएकाले चाहेर पनि धेरै कामहरु गर्न नसकिएको बताए । उनले आगामि दिनमा रचनात्मक कामका साथ बुद्धजन्मस्थल लुम्बिनीको विकासमा मन्त्रालयसँग समन्वय गरेर अगाडि बढ्ने बताए ।

बैठकमा मन्त्रालयका सचिव डा. गणेश प्रसाद पाण्डे, लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन खाँन, उपप्रमुख कल्पना हरिजन आमन्त्रित सदस्यका रुपमा तथा कोषका योजना प्रमुख स्मिता भट्ट, बोर्ड सदस्य, परिषद सदस्यहरुको उपस्थिती थियो ।

प्रकाशित मिति : १५ भदौ २०८१, शनिबार  ८ : ४४ बजे

आजको मौसम : कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको

ट्रेड युनियनका कार्यालय बन्द गरेर त्यहाँका कर्मचारीलाई दरबन्दीमा खटाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले कर्मचारी ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयले

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौँ । पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा