८ माघ २०८१, मंगलबार | January 21, 2025

सडकमा रूख ढल्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध



चितवन । भरतपुर महानगरपालिका–१ आँपटारीमा आज बिहान रूख ढल्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले रूख पन्छाउने काम सुरु गरिएको छ । सडक अवरोध हटाउन समय लाग्ने प्रनाउ रिजालले बताए ।

दुर्घटनामा तीनजना घाइते

यसैबीच नारायणगढ–मुग्लिन सडकखण्डमा बस र ट्रक आज बिहान ठक्कर खाँदा तीनजना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२९ सिमलतालमा एआर०१टी ६३७२ नम्बरको भारतीय बसले ग२ख ११०८ नम्बरको ट्रकलाई ठक्कर दिँदा तीनजना घाइते भएका हुन् ।

मुग्लिनबाट नारायणगढ आउँदै गरेको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बस एकापसमा ठक्कर खाएको हो । ट्रकमा सवार तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए। घाइते सबैको अवस्था मध्यम छ । उनका अनुसार बसका चालक फरार रहेको र खोजी जारी रहेको छ ।

यस्तै सोही सडकखण्डमा तीनवटा सवारीसाधन एकापसमा ठक्कर खाएका छन् । भरतपुर महानगरपालिका–२९ जुगेडीमा मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा११च ८२६२ नम्बरको सफारीले रोकिराखेको बागमती प्रदेश०३–००१च १७७० नम्बरको जिप र ग२च ४४३६ नम्बरको जिपलाई ठक्कर दिएको हो । ठक्करबाट तीनवटै सवारीसाधनमा क्षति पुगेको छ ।

प्रकाशित मिति : १६ भदौ २०८१, आइतबार  ११ : ३३ बजे

सुनको भाउ एकैदिन प्रतितोला ११ सय रूपैयाँ बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ

पार्टी प्रवेश गर्नेहरुलाई माओवादी अध्यक्ष प्रचण्डद्वारा स्वागत

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा

सगरमाथा संवादको घोषणा गरिँदै

सगरमाथा संवादको घोषणा गरिँदैकाठमाडौं । सरकारले आगामी जेठ पहिलो साता

लमजुङमा मह बिक्रीबाट १८ करोड आम्दानी

लमजुङ । पहाडी जिल्ला लमजुङमा मह उत्पादन बढेको छ ।