२५ भदौ २०८३, बिहिबार | September 11, 2026

एनपीएलका ८ फ्रेन्चाइजीको चयन: पोखरा सबैभन्दा महंगोमा बिक्री



काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल)का ८ फ्रेन्चाइजीको मालिक बोलकबोलबाट तय गरेको छ ।

विहिबार भएको बिडिङमा नेपाल टी ट्वान्टी प्रालीले पोखराको फ्रेन्चाइजीका लागि सबैभन्दा बढी रकम खर्च गरेको छ ।‌ नेपाल टी ट्वान्टीले पोखरा टिमको स्वामित्व ३ करोड ५७ लाखमा किनेको हो ।

त्यस्तै काठमाडौं फ्रेन्चाइजीका लागि कान्तिपुर पब्लिकेसनले दोस्रो धेरै ३ करोड ३३ लाख ३ हजार ३३९ रुपैयाँ खर्च गरेको छ । त्यस्तै एनपिएलको अर्को टिम जनकपुरका लागि तेस्रो धेरै रकम खर्च गरिएको छ । फ्रेन्चाइजी जनकपुरका लागि ड्रिम स्पोर्ट्सले २ करोड ५ लाख खर्च गरेको छ ।

त्यस्तै चौथो धेरै रकम लुम्बिनी फ्रेन्चाइजीका लागि फोर्चुन हेल्थ केयरले एक करो ८६ लाख ४ सयमा किनेको छ । त्यस्तै पाँचौं धेरै रकम चितवन टिमका लागि चितवन मेडिकल कलेज (सिएमसी)ले १ करोड ७६ हजार १ हजार खर्च गरेको छ ।

त्यस्तै इम्पियर स्पोर्टसले सुदुरपश्चिमको फ्रेन्चाइजीको स्वामित्व १ करोड ६८ लाख ८८ हजार ८८८ मा किनेको छ । त्यसैगरी अर्को टिम विराटनगरको स्वामित्व भने एमएडी ड्रिम स्पोर्टसले १ करोड ५१ हजारमा किनेको छ । त्यस्तै कर्णाली फ्रेन्चाइजीको स्वामित्व भने हिमालयन बुल्डर्सले १ करोड ११ लाख ७० हजारमा किनेको क्यानले जानकारी दिएको छ ।

एनपिएल मंसिर १५ देखि पुष ६ गतेसम्म‌ हुने क्यानले यस अघि नै जानकारी दिइसकेको छ ।

प्रकाशित मिति : २० भदौ २०८१, बिहिबार  ८ : २५ बजे

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ