२२ भदौ २०८३, सोमबार | September 7, 2026

लैंगिक समानताका लागि कानुनी आधार तयार : मुख्यमन्त्री आचार्य



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैङ्गिक समानताका लागि कानुनी आधार निर्माण गरेर कार्यान्वयनको चरणमा पुगेको बताएका छन ।

हरितालिका तीजको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले २०८० पुस ६ गते लुम्बिनी प्रदेश लैङ्गिक समानता नीति-२०८० स्वीकृत गरिसकेको जानकारी दिदै अब प्रदेश तहको विकास र शासनलाई लैङ्गिक उत्तरदायी बनाउने, महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने, लैङ्गिकताका आधारमा हुने सबै प्रकारका भेदभाव र हिंसाको अन्त्य गर्ने, महिलाको आर्थिक, सामाजिक सशक्तीकरण गर्नेगरी नीति निर्माण गरेर अघि बढ्ने बताएका हुन ।

हरितालिका तीज पर्वले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको शुभकामना सन्देशमा उल्लेख छ । समाजमा भ्रातृत्व, सदाचार, एकता र सामाजिक सद्भाव कायम गर्न पर्वले महत्वपूर्ण भूमिका निभाएको, यस पर्वमा महिलाहरूले आफ्नो दुःख, पीडा र खुसीहरु साझा गर्ने हुँदा यसले सामूहिकता र आत्मबल समेत बढाउने विश्वास लिएका छन । ‘तिज हाम्रो संस्कृति, परम्परा र धार्मिक आस्थाको अतुलनीय पर्व हो, जसले समाजमा महिला सशक्तीकरणको सन्देश बोकेको छ’शुभकामना सन्देशमा भनिएको छ, ‘यो पर्वले महिलाको क्षमता, योग्यतालाई सम्मानित गर्दै हकअधिकार र स्वतन्त्रताको बारेमा समाजलाई जागरुक बनाउने काम गर्दछ । तीज पर्वले समाजमा विद्यमान लैङ्गिक विभेद, जातीय विभेदलगायत सबै प्रकारका असमानताहरूको अन्त्य गर्दै समतामूलक समाजको निर्माणतर्फ अग्रसर हुन प्रेरित गर्ने विश्वास लिएको छु ।’ कला संस्कृतिलाई जगेर्ना गर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्न यस्ता मौलिक चाडको गरिमालाई सम्मानजनक बनाइराख्नु अति आवश्यक रहेको मुख्यमन्त्री आचार्यको भनाई छ ।

पर्वको मौलिकतालाई कायम राख्दै सांस्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने गरेको भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै जानुपर्ने भनाई उनको छ । हरितालिका तीज पर्वको अवसरमा सुख, शान्ति र समृद्धिको कामना गर्दै शुभकामना व्यक्त गरेका छन । लुम्बिनी प्रदेश सरकारले तीजको अवसरमा प्रदेशमा सार्वजनिक विदा समेत दिएको छ ।

प्रकाशित मिति : २१ भदौ २०८१, शुक्रबार  १० : ५५ बजे

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११