१६ बैशाख २०८३, बुधबार | April 30, 2026

लुम्बिनी प्रदेशका सभामुखले थारु भाषालाई सरकारी कामकाजीको भाषाको रुपमा अंगिकार गर्न पहल गर्ने



बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले थारु भाषालाई सरकारी कामकाजीको भाषाको रुपमा अंगिकार गराउनको लागी पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । थारु समुदायको बिशेष पर्व बड्का अट्वारीको अवसरमा आज बिहान शुभकामना सन्देश जारी गर्दै सभामुख घर्ती मगरले बिगतमा पछाडि पारिएको थारु समुदायको भाषा, संस्कृति संरक्षण तथा प्रवद्र्धनमा प्रतिवद्ध रहँदै थारु भाषलाई सरकारी कामकाजीको भाषाको रुपमा अंगिकार गराउनको लागी पहल गर्ने प्रतिबद्धता जनाएका हुन्।

लुम्बिनी प्रदेशका वर्दिया, बाके, दाङ, कपिलवस्तु रुपन्देही, नवलपरासी पश्चिम् आदी जिल्लामा थारु समुदायको घना बसोवास छ।

नेपाल बहुभाषीक, बहुधार्मिक र बहुसाँस्कृतीक विविधतायुक्त मुलुक भएको र सबै जातजाति भाषाभाषीहरुको आफ्नै मौलिक साँस्कृतीक रितिरिवाज र चाडपर्वलाई संरक्षण गर्नु सबैको दायित्व भएको पनि उनले सन्देशमा उल्लेख गर्नु भएको छ । ूबडका अट्वारी पर्वको अवसरमा देश विदेशमा रहनुहुने सम्पुर्ण लुम्बिनी प्रदेशवासी थारु समुदाय, आमा–बुवा, दिदी–वहिनी, दाजु–भाई, सबैलाई शुभकामना व्यक्त गर्दछु । यो पर्वले थारु समुदायको मौलिक साँस्कृतीक पक्षको उजागर र प्रवद्र्धनमा समेत टेवा पु¥याउने विश्वास लिएको छु ।ू शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

भाद्र शुक्ल पक्षको पहिलो आईतवारका दिनमा पर्ने यो पर्वले थारु समुदायको मौलिक पहिचान र संस्कृती संरक्षण तथा प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने सभामुख घर्ती मगरले बिश्वास व्यक्त गरे ।

विगतमा राज्यद्धारा विभेदमा पारिएका उत्पीडित समुदायको उत्थान र उहांहरुको हक अधिकार स्थापित गर्ने सन्दर्भमा लुम्बिनी प्रदेश सभा महत्वपूर्ण नीति र कानुन निर्माणमा प्रतिवद्ध रहेको उनले सन्देशमा उल्लेख गरेका छन् । उनले राजनीतिक परिवर्तन, साँस्कृतीक रुपान्तरणका लागि भएका विभिन्न चरणका क्रान्ति, संघर्ष, आन्दोलन र महान् जनयुद्धमा थारु समुदायले खेलेको भूमिकाको उच्च सम्मान व्यक्त गरेका छन् ।

पर्वले विभिन्न समुदाय विच भातृत्वको विकास, सामाजिक सद्भाव कायम गर्न तथा पुर्खादेखि चलिआएको संस्कार, संस्कृति तथा परम्परालाई जोगाउनका लागी महत्वपूर्ण भूमिका खेल्ने सभामुख घर्ती मगरले शुभकामना सन्देशमा उल्लेख छ।

प्रकाशित मिति : २३ भदौ २०८१, आइतबार  ७ : ३६ बजे

सबैभन्दा बढी प्यूठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भू–भाग

‘सार्वजनिक सेवा प्रभावकारी बनाउन र सुशासन प्रदान गर्न अध्यादेश’

काठमाडौँ । सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी

पोखरा स्पोर्ट्स अवार्ड : नौ विधामा अवार्ड प्रदान गरिँदै

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी वैशाख

सबै सार्वजनिक जग्गामा बनाइएका घरटहरा खाली गर्न काठमाडौं प्रशासनको आदेश

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका विभिन्न स्थानीय तहका

लुम्बिनी प्रदेश सरकारका २ मन्त्री सहित ७ जना प्रदेशसभा सदस्यहरुसँग कांग्रेसले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा आफ्नै उम्मेदवारलाई अन्तरघात